पढ्न करिब 3 मिनेट लाग्छ

पर्वत ।

भनिन्छ नि कही नभएको जात्रा हाडी गाउँमा…

जमाना फेरि, देशमा तीन सरकार बने । अब जमाना अनुसार उखान पनि त फेर्नुपर्यो । कहि नभएको जात्रा फसेवासमा ।

उखानै फेर्दा फलेवास सरकारका प्रमुख रिसाउँलान । रिसानी माफ होस् । कुरा यस्तै छ । चीनले समुन्द्रमा पुल हाल्यो रे । आकाशमा सिसाको महल र पुल बनायो रे त्यहि सिको गरेर कालीगण्डकी करिडोर अन्तरगतको लमाहे खोलामा ढुंगामाथि पुल हाल्न कस्एिका रे । नपत्याए हेर्नुहोस् त ।

इन्जिनियर पनि कडा परेछन् । टुक्रुक्क दुई ढुंगामाथि पुल हालेर गिनिजबुकमा नाम नै लेखाउन आँटेछन । जाबो २० मिटरको पुल बनाउन ६ करोड बजेट रे । भूगोलको बनावटको हेक्का नै नराखि पुल बनाउन कस्सिएछन । गाउँका भद्रभलादमीले यहाँ पुल हुँदैन । पहिरोको जोखिम छ । भूगोल कमजोर छ भन्दा जवाफ फर्काएछन् रे । समुन्द्रमा चीनले पुल बनायो, आकाशमा सिसाको महल र पुल बनायो जाबो २० मिटरको पुल ढुंगामाथि हामीलाई बनाउन के गाह्रो यस्तै जवाफ फर्काए रे… यी बृद्ध त्यसै भन्छन् ।

सायद पुल म्युजियममा नै राख्न र प्रदर्शनको लागि नै बनाउन आँटेका हुन कि क्या हो । पुल त बन्ला तर जग नै नअडिएको पुल कस्तो बन्ला ? सायद अब नेपाल भ्रमण वर्षमा यहि पुल देखाएर पर्यटक तान्ने पो हो की ?

गण्डकी प्रदेशका पर्यटनमन्त्री पनि त्यहि भेगका, पुलको शिलान्यास पनि उनैले गरेका । कतै सवारी आगमनलाई नभई कतै दृश्यावलकनको लागि त पुल तयार गरिएको होइन ?

ढुंगा ढुंगामाथि पुल बनाएर किर्तिमानी राख्न खोज्ने कस्ता इन्जिनियर, पढेर बनेका कि परेर बनेका ?

नागरिकबाट कर उठाउँदै इन्जिनियरको प्राक्टिकलको लागि यस्तै पुल बनाउँदै करोडौ रकम स्वाहा पार्ने क्या गज्जबको काइदा । पहिरोले पुल तानेछ अब ६ करोडको पुलको भाउ पनि बढ्ने होला । फेरी मर्मत र निर्माणको लागि अपुग रकम जनताबाट मनलाग्दी कर उठाएर बनाउने होला । कि कमिशनको चक्करमा बनाउन थालेको पुल हो ? हैन भने त

बालुवा, गिटि, रड, सिमेन्ट मिसाएर पलास्टर गर्दैमा पुल त बन्दैन होला ? भौगोलिक अध्ययन पनि त खाँचो थियो होला नी महोदय ?

६ करोडले त एउटा गाउँमा जाने बाटो नै कालोपत्रे हुन्थ्यो होला नी ? आयोजनामा देखिएको यस्ता लापारवाहीले गौरवका योजनाको गौरव बढ्ला कि घट्ला ?

०००

कालीगण्डकी करिडोरमा निर्माणधिन मोटरेवल पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ । कालीगण्डकी करिडोर अन्तरगत फलेवास नगरपालिका ६ लमाहे खोलामा निर्माणधिन अवस्थामा रहेको पुल भत्किएको हो ।

भौगोलिक अध्ययन नगरी दुई ढुंगामाथिबाट निर्माण शुरु गरिएको पुल पहिरोका कारण जोखिममा परेको हो । फलेवास नगरपालिका ६ देविस्थानदेखि वडा १० कुर्घा जोडन निर्माण गरीएको पुलको भासिन थालेको हो । ६ करोडको लागतका निर्माण हुन लागेको पुलको लम्वाई २० मिटर रहेको हो । लागत समेत बढी रहेका कारण पुल निर्माणमा आर्थिक दुरुपयोग हुन सक्ने आशंका स्थानीयले गरेका छन् । गौचन निर्माण सेवाले निर्माण थालेको हो ।

राष्ट्रिय गोरवको आयोजनामै लापरभाई भएपछि स्थानीयले आयोजना मै प्रश्न सृजना गरेका छन । स्थानीय जनप्रतिनिधिहरु समेत आयोजना निर्माण गुणस्तर नभएको बताएका छन् ।

भिडियो