Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतीय विस्तारवादका विरुद्ध क्षत्री समाज पर्वतले वूझायो ज्ञापन पत्र

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

महेन्द्र केसी÷पर्वत । नेपाली भूमि कालापानी, लिपूलेक र लिम्पियाधुरालाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको विरोधमा क्षेत्री समाज पर्वतले सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई ज्ञापनपत्र बुझाउँदै क्षेत्री समाजले तत्तकाल नेपाली भूमी फिर्ता गराउन सरकारलाई दबाब स्वरुप देशव्यापी रुपमा ज्ञापन पत्र बुझाएको हो ।क्षत्री समाजका अध्यक्ष कृष्णवहादूर क्षत्रीले प्रमूख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालमार्फत प्रधानमन्त्री एवं मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

क्षेत्री समाजले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ – इतिहासको उषाकालदेखि नै नेपाल र भारत दुई छिमेकी मुलुक एक अर्कोमा सुमधुर सम्बन्ध पनि रहँदै आए पनि वेला वेला सिमा अत्रिक्रमण गर्दै आएको छ । नेपालको उत्तरी क्षेत्र बाहेक तीनतिर अर्थात् पूर्व, पश्चिम र दक्षिणी भू–भाग भारतीय सीमासँग जोडिएको भारतले तराइ क्षेत्र र पश्चिमी क्षेत्रको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भू भागहरुमा भारतले सीमा अतिक्रमण गर्दै आई हाल आपनै नक्सामा नेपालको भूमी राखेको प्रति क्षत्री समाजको गम्भिर ध्यानआकर्षण भएको उल्ल्ेख गरिएको छ । भारत सरकारबाट प्रकाशित यो तथाकथित नक्सा हामी आम राष्ट्रवादी नेपालीहरुलाई मान्य छैन,यो आपत्तिजनक विषय भनि उल्लेख गरेको छ ।

यस्तो परिस्थितिमा नेपाल सरकार विज्ञप्ति जारी गरेर मात्र चुप लागेर बसेको प्रति आक्रोस पोख्दै सरकारले यथाशीघ्र कुटनीतिक माध्यमबाट वार्ता गरी हाम्रो भूभाग भारतीय नक्साबाट हटाउन जोडदार माग गरेको छ । । ऐतिहासिक तथ्यहरुले ती भूभागहरु नेपालको भूभाग भएको कुरा स्पष्ट हूदा हूदै पनि भारतीय विस्तारवादले अझै नेपालको भूमि नमिचिएको जिकीर गर्दा हास्यस्पद देखिएको छ । यदि यसमा ढिलासुस्ती हुन्छ र सरकारले खुट्टा कमाउँछ भने आफ्नो मातृभूमिको रक्षा एवं राष्ट्रिय अखण्डताका लागि हामी आम क्षत्रीहरु जुनसुकै कदम उठाउन पनि पछि पर्दैनौं भन्ने कुरा स्पष्ट पार्दै भारत सरकारको यस विस्तारवादी कदमप्रति घोर निन्दा एवं भत्र्सना गर्दै खेद प्रकट गरिएको छ ।