२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको ज्वालामुखी ५ मा अन्नपूर्ण मन्दिर पुनर्निर्माण सम्पन्न (फोटो फिचर)

२०७६, ३ माघ शुक्रबार ०४:३२

माघ ३, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका-५, खरीमा एतिहासिक अन्नपूर्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले क्षेतीग्रस्त भएको मन्दिरलाई स्थानीय युवाहरुको बिशेष सक्रियतामा निर्माण सम्पन्न गरिएको हो ।

माघे सक्रान्तिको अवसर पारि वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीको प्रमुख आतिथ्यताता एक कार्यक्रमकाबीच उक्त मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरमा बाजागाजा सहितको फुलको डोली र मुर्ति भित्र्याएपछि ब्राहमण पढाएर स्थानीयहरुले पुजा-आजा गरिएको थियो । स्थानीय आमा समुहहरुको नाचगान सहित सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले अन्नपूर्ण मन्दिर पुनर्निर्माण सम्पन्न भएकोमा स्थानीय युवाहरुलाई धन्यवाद दिए । १० लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त मन्दिरको लागि डेढ लाख स्थानीय बजेट र बाँकी स्थानीय सहयोग रहेको थियो । 

साविक खरी गाविसकै केन्द्रमा पर्ने मुख्य सडकको बीचमा संरक्षण गरि बनाइएको उक्त मन्दिर चौतर्फी कम्पाउण्ड सहित टायल हालिएको छ भने पुरानो संरचनाको जगेर्ना गर्नको लागि पुरानै जगमा मन्दिर संरचना, पुराना मुर्ति र मन्दिरसंगै रहेको पिपलको रुखको समेत संरक्षण गरिएको छ । मन्दिर प्रवेशको लागि पुर्व र पश्चिम तर्फ गेटका साथै मन्दिर भित्र/बाहिर बत्तिका साथै कम्पाउण्ड भरी रंगीन बत्तिहरु जडान गरिएको छ । 

बाँकी तश्वीरले आफै वोल्छ:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने