2026-06-28 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

३९ लाख खर्च गरेको ओम पार्क अलपत्र

2020-01-21


पर्वत । सरकारले पर्यटन वर्ष मनाउन लागेको छ तर पर्यटन प्रर्वद्धनको लागि राज्यको लगानी भने बालुवामा पानी सरह भएको छ । पर्यटन प्रर्वद्धनको लागि गण्डकी प्रदेश सरकारको ३९ लाख लगानीमा निर्माण शुरु गरिएको पर्वतको ओमपार्क भने अलपत्र परेको छ ।

निर्माण कार्यसम्पन्न नहुँदै निर्माण भएका भौतिक संरचना जीर्ण अवस्थामा पुगेका छन् भने ओम पार्कको योजना नै अलपत्र परेको छ । 

कुश्मा नगरपालिका  ७ खरेहामा रहेको भडखोरे सामुदायिक वनमा निर्माणाधिन अवस्थामा रहको शहरी वन प्रर्वद्धन तथा हरित  पार्क निर्माण निर्माण सम्पन्न नहुँदै अलपत्र परेको हो ।

गण्डकी प्रदेश पर्यटन वन तथा उद्योग मन्त्रालय मार्फत विनीयोजित  ३० लाख  बजेट खर्च भईसकेको  पार्कमा  ७ सय ५० पैदनमार्गका लागि सिडि चिनीएका छन । एक सय आठ चौतारा  र पानीको ताल निर्माणको चरणमा भनिएपनि थालनी भने भएको छैन । 

स्थानीयका अनुसार भिरालो जमीनमा पार्क निर्माण गर्दा पहीरो जोखीम उच्च रहेको हो । मानव आवत जावत कम भएका कारण अहिले पार्क जङगलले भरीएको  छ । स्थानीय प्रकाश शर्माल राज्यको लगानीको सदुपयोग हुन नसकेको बताए ।



वर्षेनी कागजी प्रतिवेदन  तयार पार्ने  आयोजना अलपत्र रहने भएका कारण स्थानीयले समेत सरकारको कार्यदक्षमा पश्न गरीरहेका छन । डिभिजन  वन  कार्यलय पर्वत मार्फत सम्पादन भएका  आयोजनाले पुर्ण नपाउँदा समेत स्थानीयले गुनासो गरीरहेका हुन ।  प्राविधिक राय सल्लाह विना नै आयोजना सञ्चालन गराईनुले पनि बजेटको हिनामिना हुने गरेको  कर्मचारीहरुले स्वीकार गरेका छन । निमीक्त वन अधिकृत  केशव पुढासैनीले   गलत स्थान छनौट गरेर पार्क निर्माण गर्दा बजेटको सदुपयोग हुन नसकेको बताए । 



 पार्कमा बन डिभिजन कार्यालयको राजमार्ग हरीयाली कार्यक्रम अन्तर्गत  २० लाख खर्च गरेर रोपण गरीएका विरुवाका रोपेको थियो तर । विरुवाको कुनै नामनिशान देखिदैन ।  स्थानीय सरकार आईसकेर कार्यन्वयनमा आईसकेको तीन वर्ष लाग्दा समेत सरकारी बजेटको सदुपयोग हुन सकेको छैन । भने अर्कोतर्फ स्थानीय सरकारकै दवावमा बजेट खर्च गरीरहन परेको नियमनकारी  निकायको गुनासो  छ  । एक अर्का सरकारी निकायको समन्वयको अभावमा पनि  एक कार्यलयमार्फत सम्पादन भएका आयोजना  अर्को निकायले भत्काउने प्रचलनका कारण   सरकारी बजेटको वर्षेनी दुरुपयोग बढदो  छ ।  सरकारले  पर्यटन वर्ष मनाईरहँदा  पर्यटकीय क्षेत्रमा भईरहेको लगानी भने सदुपयोग हुन सकीरहेको छैन 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी