पढ्न करिब 1 मिनेट लाग्छ

पर्वत । कुश्मा नगरपालिकाले गलत हल्ला फैलाएपछि कुश्मा बजारबासी त्रसित बनेका छन् । नगरपालिकाले कुश्मा बजारमा समुदायस्तरमा कोरोना फैलिएको गलत हल्ला फैलाएर सुचनाको गलत दुरुपयोग गरेको हो । निमित्त प्रशासकीय अधिकृतको नाममा नगरपालिकाको लेटरको चरम दुरुपयोग गरिएको छ । भने जनतालाई भ्रम फैलाउने काम गरिएको छ ।

कुनै तथ्य, आधार र प्रमाण विना नै नागरिकलाई कोरोना संक्रमण हुनबाट रोकथाम गर्ने उपाय अबलम्बन गर्ने गरी सूचना प्रवाह गर्नुको सट्टा कुप्रचार गरी नागरिकलाई आतंकित र त्रसित हुने काम गरेको हो । समुदायमा नै कोरोना फैलिएको गलत हल्ला फैलाएर कुश्मा नगरपालिकाले अमानविय र नैतिकहिन काम गरेको छ ।

कुश्मा बजारमा विभिन्न समुदायका व्यक्तिहरुको कोरोना परीक्षण गरिएको थियो तर कुनैको पनि रिपोर्ट संकास्पद देखिए अथवा कोरोना रिपोर्ट पोजिटिभ आएको छैन तर नगरपालिकाले नै गलत हल्ला फैलाएर नागरिकलाई त्रसित हुने काम गरेको छ ।