१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइटीकाको दिन बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्न पाईने

३० कार्तिक २०७७, आईतवार १४:५६

कात्तिक ३०, काठमाडौँ । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो । यस वर्ष आगामी मङ्सिर १ गते सोमबार भाइटीका परेको छ ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि  मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । भाइटीकाकै लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र  सुरक्षा व्यवस्था पनि गरिएको कामपा वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


मन्दिर पुरानै शैली (ग्रन्थकूट÷शिखर) मा पुनःनिर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा यो पोखरी बनाए । पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० अर्थात् विसं १७२७ अर्थात् इसं १६७०० मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको : महासचिव विप्लव आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ एमालेका महासचिव पोखरेलले एमाले हुँदासम्म युवाहरू निराश हुनुपर्दैन बताए सामाजिक सञ्जालमा अरुलाई गाली गरेर देश नबन्ने,देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने : सुनिता डङ्गोल ऊर्जामन्त्री खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताए नेप्से परिसूचक दुई अङ्कले बढ्यो तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न कञ्चनपुरको सभागृह प्रयोग विहीन ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ स्वास्थ्यमन्त्री पौडेलले आवासीय चिकित्सकलाई तत्काल ४८ हजार तलब दिन निर्देशन दिए लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले प्रदर्शन गरे भारतीय प्रधानमन्त्री मोदीले आतंककारी र षड्यन्त्रकारीलाई पृथ्वीको अन्तिम कुनासम्म छाड्ने छैनौँ भने शिक्षकहरुको आन्दोलनको आज २३ औँ दिन, छाता ओढेर आन्दोलन गरिरहे प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने