गणेश शिर्पाली/साउन २०, रुकुम । जनयुद्धको उद्गम थलो रुकुमबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत संसदमा प्रतिनिधित्व गर्ने दल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश शिर्पाली/साउन २०, रुकुम । जनयुद्धको उद्गम थलो रुकुमबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत संसदमा प्रतिनिधित्व गर्ने दल"/>
२५ पुष २०८२, शुक्रबार
पश्चिमी रुकुम - RKM

दलजित सिर्पाली युवा तथा खेलकुद मन्त्रि

२० श्रावण २०७३, बिहीबार १२:१९

गणेश शिर्पाली/साउन २०, रुकुम । जनयुद्धको उद्गम थलो रुकुमबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत संसदमा प्रतिनिधित्व गर्ने दलजित सिर्पालीले वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

२०२६ असोज २७ गते रुकुमको महत ५ मा जन्मिएका सिर्पाली बुबा गणेश र सुकैदेवीका छोरा हुनुहुन्छ । सिर्पाली पाँच छोरी छन । प्रमाणपत्र तहसम्म अध्ययन गरेका सिर्पाली २०४२ सालदेखि नै माओवादीमा संलग्न हुनुभएको थियो । 

उहाँले १० वर्ष भूमिगत जीवन बिताउनुभएको थियो । युद्धकालमा उहाँलाई  हिरासतमा राखी यातना दिइएको संसद सचिवालयमा उहाँले बुझाएको रेकर्डमा उल्लेख छ । 

केही समय शिक्षणसमेत गरेका उहाँ माओवादीको जनमुक्ति सेनाको डिभिजन सहकमाण्डर हुनुहुन्थ्यो । २०४२ सालमा अनेरास्ववियुको सदस्य भएका उहाँ २०४७ मा नेकपा एकता केन्द्रको पार्टी सदस्य हुनुभयो । 

उहाँ माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । माओवादीको अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सिर्पाली पीएलए स्पोर्टस क्लबमा सदस्य सचिव हुनुहुन्थ्यो । जनयुद्धका कुशल कमाण्डर मानिने दलजित सिर्पालीका विभिन्न पत्रपत्रिकामा लेखहरु पनि प्रकाशित छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान