२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउथमा बलिउड अभिनेत्रीको आकर्षण, को कुन फिल्ममा देखिँदैछन् ?

२०७८, ३ कार्तिक बुधबार ०६:५०

कात्तिक ३, काठमाडौँ | केही वर्षयता साउथ इन्डियन फिल्महरूको क्रेज बढ्दो छ । विक्रम अभिनित आई, रजनीकान्त अभिनित रोबर्ट, प्रभास अभिनित बाहुबली, यश अभिनित केजीएफलगायतका फिल्मले साउथ इन्डियन फिल्महरूलाई बलिउडसँगै विश्व बजारमा परिचित गरायो । यी फिल्महरू पश्चात बलिउडमा त साउथको दबदबा नै सुरु भयो । बलिउडमा साउथका भइरहेका रीमेकभन्दा पनि साउथकै फिल्महरू डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन बढ्यो ।

यसका साथै केही समययता बलिउड सुन्दरीहरू समेत साउथ इन्डियन फिल्ममा आकर्षित छन् । साउथ फिल्मका सुन्दरीहरू रश्मिका मन्दना, सामन्था, नयनतारा, कृति सुरेश बलिउड फिल्ममा देखिने तयारी भइरहँदा केही बलिउडका अभिनेत्रीहरू साउथ फिल्ममा देखिँदैछन् । 

पछिल्लो समय बलिउडमा फिल्म निर्माण गरिरहेका प्रोडक्सन हाउसहरू साउथ इन्डियन फिल्ममा लगानीकर्ताको रूपमा साझेदारी गर्ने क्रम बढेपछि बलिउड सुन्दरीहरू पनि साउथ फिल्ममा बढ्दो छन् । 

सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’मार्फत स्टार बने यश । फिल्मको ट्रेलरदेखि नै चर्चामा रहेका यशले रिलिजपछि फ्लोअर्स बढाउन सफल भए । फिल्ममार्फत उनको स्टारडम बढिरहँदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’को सिक्वेलको प्रतीक्षा रहेका फ्यानहरूले सार्वजनिक टिजर मन पराइसकेका छन् । फिल्म आउँदो अप्रिलमा रिलिज हुने तयारीमा छ ।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् सञ्जय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्टझैँ पाँच भाषामा रिलिज हुनेछ । फिल्ममा रविना टन्डन पनि छिन् । यसमा उनले रामिका सेनको भूमिका निर्वाह गरेकी छिन् । यो उनको कन्नड फिल्ममा डेब्यु हो । 


करीना कपूर खान पनि साउथ फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले कवीर सिंह निर्देशक सन्दीप रेड्डी वांगाको निर्देशनमा बन्ने फिल्म ’स्प्रिट’मार्फत साउथमा डेब्यु गर्दैछिन् । फिल्ममा उनको को–स्टार प्रभास हुनेछन् । प्रभास पछिल्लो समय साउथ फिल्मका सुपरस्टार हुन् । बाहुबली सिरिज पश्चात उनको फ्यान फ्लोअर्स निकै बढेको छ ।

यस्तै, प्रभासलाई बाहुबली बनाउने निर्देशक एसएस राजामौलीको निर्देशनमा तयार भइरहेको फिल्म ’आरआरआर’मार्फत अलिया भट्टले पनि साउथ फिल्ममा डेब्यु गर्दैछिन् । फिल्ममा जुनिएर एन्टीआर, राम चरण, अजय देवगन लगायतको अभिनय रहनेछ । निर्देशक राजमौलीले अप्रोच गरेकै कारण आलिया साउथ फिल्ममा तेलुगु सिकेर नै डेब्यु गरेकी हुन् । 

निर्देशक नाग आश्विनले निर्देशन गर्ने भनिएको फिल्ममा प्रभासको जोडी बनेकी छिन्, दीपिका पादुकोण । यो उनको साउथ फिल्ममा डेब्यु हो । तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने साइन्स फिक्सन फिल्मलाई लिएर दर्शक पनि उत्तिकै उत्साहित छन् । फिल्ममा अमिताभ बच्चनको अभिनय पनि रहनेछ । फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माण पक्षको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।

बलिउडमा पछिल्लो समय ’परम सुन्दरी’को ट्याग पाएकी एक्ट्रेस कृति सेनन पनि साउथ फिल्ममा डेब्यु गर्दैछिन् । उनले पनि दीपिकाझैँ स्टार प्रभाससँग जोडी बनेर डेब्यु गर्न लागेकी हुन् । ‘तान्हाजी’ फिल्म निर्देशन गरेका ओम राउतको निर्देशनमा तयार हुने फिल्म ’आदिपुरुष’मा कृति सेनन देखिनेछिन् ।

फिल्मलाई लिएर दर्शक निकै उत्साहित छन् । पाँच सय करोडको बजेटमा बन्ने भनिएको फिल्मको २५० करोड रुपैयाँ त केवल भिएफएक्समा मात्र खर्च हुने भएको छ । निर्माण पक्षले देखाउनु पर्ने दृश्यको क्यालकुलेट गरेपछि यस्तो बजेट देखिएको हो ।

रोबर्टमा काम गरेर साउथ फिल्ममा अभिनय गरिसकेकी विश्व सुन्दरी ऐश्वर्या राय बच्चन पुनः साउथ फिल्ममा देखिने भएकी छिन् । निर्देशक मणिरत्नमको एक प्रोजेक्टमा उनको जोडी विक्रमसँग बाधिनेछ । यस्तै, बलिउड सुन्दरी अनन्या पाण्डे पनि पुरी जगन्नाथ निर्देशित फिल्म ’लाइगर’ मा देखिँदैछिन् । फिल्ममा साउथ इन्डिया अभिनेता विजय देवरकोण्डाको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ