३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउथमा बलिउड अभिनेत्रीको आकर्षण, को कुन फिल्ममा देखिँदैछन् ?

३ कार्तिक २०७८, बुधबार ०६:५०

कात्तिक ३, काठमाडौँ | केही वर्षयता साउथ इन्डियन फिल्महरूको क्रेज बढ्दो छ । विक्रम अभिनित आई, रजनीकान्त अभिनित रोबर्ट, प्रभास अभिनित बाहुबली, यश अभिनित केजीएफलगायतका फिल्मले साउथ इन्डियन फिल्महरूलाई बलिउडसँगै विश्व बजारमा परिचित गरायो । यी फिल्महरू पश्चात बलिउडमा त साउथको दबदबा नै सुरु भयो । बलिउडमा साउथका भइरहेका रीमेकभन्दा पनि साउथकै फिल्महरू डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन बढ्यो ।

यसका साथै केही समययता बलिउड सुन्दरीहरू समेत साउथ इन्डियन फिल्ममा आकर्षित छन् । साउथ फिल्मका सुन्दरीहरू रश्मिका मन्दना, सामन्था, नयनतारा, कृति सुरेश बलिउड फिल्ममा देखिने तयारी भइरहँदा केही बलिउडका अभिनेत्रीहरू साउथ फिल्ममा देखिँदैछन् । 

पछिल्लो समय बलिउडमा फिल्म निर्माण गरिरहेका प्रोडक्सन हाउसहरू साउथ इन्डियन फिल्ममा लगानीकर्ताको रूपमा साझेदारी गर्ने क्रम बढेपछि बलिउड सुन्दरीहरू पनि साउथ फिल्ममा बढ्दो छन् । 

सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’मार्फत स्टार बने यश । फिल्मको ट्रेलरदेखि नै चर्चामा रहेका यशले रिलिजपछि फ्लोअर्स बढाउन सफल भए । फिल्ममार्फत उनको स्टारडम बढिरहँदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’को सिक्वेलको प्रतीक्षा रहेका फ्यानहरूले सार्वजनिक टिजर मन पराइसकेका छन् । फिल्म आउँदो अप्रिलमा रिलिज हुने तयारीमा छ ।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् सञ्जय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्टझैँ पाँच भाषामा रिलिज हुनेछ । फिल्ममा रविना टन्डन पनि छिन् । यसमा उनले रामिका सेनको भूमिका निर्वाह गरेकी छिन् । यो उनको कन्नड फिल्ममा डेब्यु हो । 


करीना कपूर खान पनि साउथ फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले कवीर सिंह निर्देशक सन्दीप रेड्डी वांगाको निर्देशनमा बन्ने फिल्म ’स्प्रिट’मार्फत साउथमा डेब्यु गर्दैछिन् । फिल्ममा उनको को–स्टार प्रभास हुनेछन् । प्रभास पछिल्लो समय साउथ फिल्मका सुपरस्टार हुन् । बाहुबली सिरिज पश्चात उनको फ्यान फ्लोअर्स निकै बढेको छ ।

यस्तै, प्रभासलाई बाहुबली बनाउने निर्देशक एसएस राजामौलीको निर्देशनमा तयार भइरहेको फिल्म ’आरआरआर’मार्फत अलिया भट्टले पनि साउथ फिल्ममा डेब्यु गर्दैछिन् । फिल्ममा जुनिएर एन्टीआर, राम चरण, अजय देवगन लगायतको अभिनय रहनेछ । निर्देशक राजमौलीले अप्रोच गरेकै कारण आलिया साउथ फिल्ममा तेलुगु सिकेर नै डेब्यु गरेकी हुन् । 

निर्देशक नाग आश्विनले निर्देशन गर्ने भनिएको फिल्ममा प्रभासको जोडी बनेकी छिन्, दीपिका पादुकोण । यो उनको साउथ फिल्ममा डेब्यु हो । तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने साइन्स फिक्सन फिल्मलाई लिएर दर्शक पनि उत्तिकै उत्साहित छन् । फिल्ममा अमिताभ बच्चनको अभिनय पनि रहनेछ । फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माण पक्षको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।

बलिउडमा पछिल्लो समय ’परम सुन्दरी’को ट्याग पाएकी एक्ट्रेस कृति सेनन पनि साउथ फिल्ममा डेब्यु गर्दैछिन् । उनले पनि दीपिकाझैँ स्टार प्रभाससँग जोडी बनेर डेब्यु गर्न लागेकी हुन् । ‘तान्हाजी’ फिल्म निर्देशन गरेका ओम राउतको निर्देशनमा तयार हुने फिल्म ’आदिपुरुष’मा कृति सेनन देखिनेछिन् ।

फिल्मलाई लिएर दर्शक निकै उत्साहित छन् । पाँच सय करोडको बजेटमा बन्ने भनिएको फिल्मको २५० करोड रुपैयाँ त केवल भिएफएक्समा मात्र खर्च हुने भएको छ । निर्माण पक्षले देखाउनु पर्ने दृश्यको क्यालकुलेट गरेपछि यस्तो बजेट देखिएको हो ।

रोबर्टमा काम गरेर साउथ फिल्ममा अभिनय गरिसकेकी विश्व सुन्दरी ऐश्वर्या राय बच्चन पुनः साउथ फिल्ममा देखिने भएकी छिन् । निर्देशक मणिरत्नमको एक प्रोजेक्टमा उनको जोडी विक्रमसँग बाधिनेछ । यस्तै, बलिउड सुन्दरी अनन्या पाण्डे पनि पुरी जगन्नाथ निर्देशित फिल्म ’लाइगर’ मा देखिँदैछिन् । फिल्ममा साउथ इन्डिया अभिनेता विजय देवरकोण्डाको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री आरजु राणासहित १५ देशका राजदूत कन्याममा प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द रहने पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा