२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘इन्शाल्लाह’ मा ऋतिक रोशनसँग आलिया भट्टको जोडी

५ कार्तिक २०७८, शुक्रबार ०६:०५

कात्तिक ५, काठमाडौं | सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय भइसकेको छ । किनकि देवदास, हम दिल दे चुके सनम जस्ता लभस्टोरी सिनेमा उनले दर्शकसमक्ष ल्याइसकेका छन् ।

यिनै सञ्जयले केही समय अगाडि 'इन्शाल्लाह’ निर्देशनसँगै निर्माण गर्ने घोषणा गरेका थिए । घोषणा गरिएको स्टारकास्ट सलमान खानसँग कुरा नमिल्दा फिल्मको काम अझै सुरु हुन सकेको छैन । सलमान पनि अन्य प्रोजेक्टमा व्यस्त छन् । सञ्जयले आलिया भट्टलाई लिएर 'गंगुवाई कठियावाडी' निर्देशन गरिसकेका छन् । उनी अहिले नेटफ्लिक्सका लागि 'हिरामन्डी' सिरिज बनाउने तयारीमा छन् । 

यसपश्चात उनी रोकिएको प्रोजेक्ट 'इन्शाल्लाह' को काम अगाडि बढाउने तयारीमा छन् । उनले फिल्मका लागि 'गुजारिस' मा सँगै काम गरेका अभिनेता ऋतिक रोशनसँग कुराकानी अगाडि बढाएका छन् ।

पछिल्लो समय एक्सन र सोसल ड्रामा फिल्ममा देखा परिरहेका ऋतिक पनि लभस्टोरी फिल्म दर्शकसमक्ष ल्याउन चाहन्छन । दर्शकका लागि पनि ऋतिक र आलियाको जोडी फ्रेस हुनेछ । आलिया पछिल्लो समय सञ्जयको निकट अभिनेत्री बन्दैछिन् भने ऋतिकलाई पनि लभस्टोरी मन परेको छ ।

पछिल्ला फिल्महरूमा सञ्जयको कन्टेन्ट बलियो देखिएको छ । यसैले गर्दा पनि बलिउडका एक्टर र एक्ट्रेस सञ्जयसँग काम गर्न चाहन्छन । ऐश्वर्या राय, माधुरी दीक्षित, दीपिका पादुकोणको करियरमा सम्झिने फिल्म सञ्जयले दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट