शर्मिला पाठक/भदौ २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गर्न लागेको सुविधासम्पन्न बसपार्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शर्मिला पाठक/भदौ २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गर्न लागेको सुविधासम्पन्न बसपार्क"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

सुविधासम्पन्न बन्दै गोङ्गबुको नयाँ बसपार्क

२९ भाद्र २०७३, बुधबार ०५:३१

शर्मिला पाठक/भदौ २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गर्न लागेको सुविधासम्पन्न बसपार्कको काम द्रुतगतिमा अघि बढेको छ । 

आमागी तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भौतिक संरचना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी भइरहेको निर्माणको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका कार्यकारी अध्यक्ष दीपक कुँवरले जानकारी दिनुभयो । 

बसपार्कलाई व्यवस्थित र आधुनिक पूर्वाधारसम्पन्न बनाउने उद्देश्यअनुरुप अहिले वरिपरिका टहरा हटाएर भौतिक पूर्वाधार निर्माणका काम भइरहेको अध्यक्ष कुँवरले बताउनुभयो । कुँवरका अनुसार हाल फोहोर व्यवस्थापन, टिकट काउन्टर व्यवस्थापनको कामसँगै टहरा विस्थापन गरिएको स्थानमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने तयारीको काम भइरहेको छ । 

प्रालिले विसं २०५६ सालदेखि नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि २०७१ साउन २५ गते काठमाडौंं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच सम्झौतासमेत भइसकेको छ । अन्तर्राष्ट्रियस्तरको बन्ने भएसँगै काठमाडौँ महानगरपालिकालाई प्रालिले तिर्नुपर्ने शुल्कमा समेत वृद्धि गरेको महानगरका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार ल्होत्सेले यसअघि वार्षिक रु ५१ लाख तिर्दै आएकोमा अब भने कामपालाई रु ९८ लाख तिर्नुपर्नेछ । 

बाहिरी जिल्लाबाट एक दिनका लागि काठमाडौँमा आउनेले एक दिनका लागि पनि अहिले गेस्ट हाउसको कोठा भाडामा लिनुपर्ने बाध्यता रहेकाले त्यो बाध्यतालाई हटाउन लकरको व्यवस्थासमेत गर्न लागिएको छ । उक्त लकर प्रयोग गरेबापत न्यून शुल्क तिर्नुपर्ने हुन्छ । बसपार्क निर्माण भएसँगै निःशुल्क बस्ने सुविधा, शौचालयको सुविधा र पानीको सुविधासँगै हेल्प तथा इन्फरमेसन डेस्कबाट सुविधा लिन सकिनेछ । कम्पनीले बैकिङ सुविधा दिने उद्देश्यका साथ बैंकको शाखासहित एटिएम लाउन्जसमेत निर्माण गर्ने जानकारी दिएको छ । 

सम्झौताअनुसार अबको ३० वर्षपछि ल्होत्सेले नयाँ बसपार्कमा निर्माण गरेको सबै भौतिक संरचना काठमाडौँ महानगरको हुनेछ । बसपार्कमा सुुरक्षा संयन्त्र बलियो बनाउन सिसिटिभी जडान तथा प्रहरी पोस्टका लािग समेत भवन निर्माण गर्ने ल्होत्सेको योजना छ । 

त्यस्तै, नयाँ बसपार्कको कम्पाउन्डमा सुविधासम्पन्न होटलसमेत निर्माण गर्ने कम्पनीको योजना छ । यस्ता होटल सुविधासम्पन्न र सस्तो हुने कुँवरको भनाइ छ । बसपार्कमा मानिसको चहलपहल हुने भएकाले विद्युत् प्राधिकरणसँग सम्झौता गरी चौविसै घन्टा विद्युत् सुविधासमेत दिइनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव