रबिन्द्र यादव/भदौ २९, नवलपरासी । नवलपरासीमा साउन ३ गते झरही खोलामा आएको ठुलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रबिन्द्र यादव/भदौ २९, नवलपरासी । नवलपरासीमा साउन ३ गते झरही खोलामा आएको ठुलो "/>

३ बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका घरेलु तथा साना उद्योगमा झरही खोलाले पुर्याएको क्षतिले सेवाग्राही सास्तीमा (तस्बिरसहित)

३० भाद्र २०७३, बिहीबार ०८:२६


रबिन्द्र यादव/भदौ २९, नवलपरासी । नवलपरासीमा साउन ३ गते झरही खोलामा आएको ठुलो बाढीले सदरमुकाम परासी बजारमा तीन देखि चार फिट पानी पसेको थियो । 

त्यो बाढीले घरेलु तथा साना उद्योगको प्रवेश पुल, गेट, भवन लगायतमा ठुलो क्षति पुर्याउनुको साथै पुल र भवन भत्किएको थियो हाल त्यसको मर्मत नभएपछि सेवाग्राहीहरु तथा कर्मचारी कार्यालय आउन जान सास्ती झेल्नु परेको छ भने सम्बन्धित निकाय मौन रहेको आरोप सेवाग्राही र कर्मचारीले लगाएका छन । 


घरेलु तथा साना उद्योग नवलपरासीका नायक सुब्बा माधव लाल गुप्ताले सम्बन्धित निकायबाट ढिलासुस्ती भएको दाबी गर्दै कार्यालयले पटक पटक घरेलु तथा साना उद्योग विभाग केन्द्र, दैविक प्रकोप उद्धार समिति नवलपरासी, सहरी डिभिजन कार्यालय चितवन र भवन अवास तथा सहरी विकास कार्यालय भरतपुर मा जानकारी गराउदा पनि भन्दै आलटाल भइरहेको सो कार्यालय का एक कर्मचारीले बताएका छन । 


उता जिल्ला विकास समिति नवलपरासीका एलडिओ लालकृष्ण शर्मा पौडेल ले मर्मतको प्रक्रिया चलिरहेको बताउदै छिटै नै बन्ने विश्वास गर्नु भएको छ । सेवाग्राही र कर्मचारीले आ-आफ्नो सवारी साधन बाटोमा नै पार्किङ गर्दै आउदा सडक दुर्घटना हुन सक्ने आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ