७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा इजालास राख्ने निर्णयको उदयपुरमा विरोध

४ आश्विन २०७३, मंगलवार १२:२२

असोज ४,ओखलढुंगा । उदयपुरका राजनैतिक दल, नागरिक समाज र कानुन व्यवयसायीहरुले उदयपुर जिल्लाको उच्च अदालतको ईजालासलाई ओखलढुङ्गा जिल्लामा राख्ने निर्णयको विरोध गरेका छन । 

नेपाल वार एसोसियसन उदयपुर ईकाईले आयोजना नगरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले ईजालस ओखलढुङ्गा नराख्न माग गरेका हुन । सरकारको भदौ २९ गतेको निर्णयानुसार न्यायालयको पुनसंरचना गर्दा उदयपुरलाई ओखलढुङ्गा अन्तरर्गत राखेको थियो । वार एसोसियसनको हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष इश्वरमणी राउतले भौगोलिक हिसावले उदयपुरको ईजालास ओखलढुङ्गा हुनै नसक्ने बताउनुभयो । 

उहाँले  उदयपुरका जनतालाई ओखलढुङ्गा न्याय माग्न जाउ भन्नु, न्याय नदिनु बराबर रहेको भन्दै सरकारले    त्रृटीपूर्ण निर्णय सच्याउनु पर्ने बताउनुभयो । माओवादी केन्द्रका नेता नारायण बुर्जाले उच्च अदालतको ईजालास ओखलढुङ्गा राख्न उपर्युक्त नहुने बताउनुभयो । 

नेता बुर्जाले सरकारको यो निर्णय त्रृटीपुर्ण रहेकाले भन्दै सच्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो । त्यसतै नेपाल पत्रकार महासंघका अध्यक्ष कुशल बाबु बस्नेतले पनि उदयपुरमा इजालास तोकिदा सर्वोकृष्ट हुने बताउनु भयो । 

आजै नेपाल बार एसोसियसन उदयपुरले एक विज्ञप्ती जारी गरि सरकारलाई तत्काल निर्णय सच्याउन आग्रह गरेको छ । वारका अध्यक्ष गणेश प्रसाद दाहालद्धारा जारी विज्ञप्तीमा सरकारले निर्णय नसच्याए चरणवद्ध आदोलनमा जाने चेतावनी समेत दिईएको छ । 

सोलु, ओखलढुङ्गा र खोटाङ्ग जिल्लाको भन्दा उदयपुर जिल्लामा मुद्दाको चाप दोब्बर रहेकोले उदयपुर अदालतलाई नै ईजालास कायम गर्नु पर्ने उदयपुरका सरोकारवालाहरुको माग रहेको सगरमाथा अनलाईनमा खबर छ । 

यता सरकारको ओखलढुंगामा ईजलास राख्ने निर्णयसँगै माथील्लो सगरमाथामा भने  खुसीयाली छाएको छ । ओखलढुंगामा सरकारको निर्णयसँगै कार्यालय व्यवस्थापन सहितको काम भईसकेको स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार ईजलासमा बस्ने कर्मचारीहरु जिल्ला आईसकेको छन् भने न्यायधिस भोली बुधबार आउने तयारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे