१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

यसरी बन्छ एआईबाट ‘भाइरल’ फोटो

२० मंसिर २०८०, बुधबार ०८:३७

मङ्सिर २०, काठमाडौँ |  केहीदिन यता फेसबुकमा मम र चियाका तस्बिर चर्चामा छन् । यी तस्बिरले धेरै प्रयोगकर्ताको मन पनि जितेका छन् । तस्बिरहरू अब म:म र चियामा मात्र सिमित छैनन्, ‘भेराइटी’ थपिँदै गएका छन् ।

केही पहिला आधा आँखा बन्द गरेर विभिन्न मानिस र वस्तुको आकृति देखिने तस्बिरहरू यसरी नै सामाजिक सञ्जालमा छरपस्ट देखिन्थे ।


यिनै तस्बिर सेयर गरेर केहीले आफ्ना पुराना किस्सालाई क्याप्सनमा स्थान दिएका छन् । नेपाली परिवेशलाई झल्काउने यी तस्बिर साँच्चिकै मनमोहक जस्ता लाग्छन्, जुन ती तस्बिरको कमेन्टले स्पष्ट पार्छन् ।

म:मको ठूलो डल्ला समातेर भागेको बच्चालाई आमाले पछ्याइरहेको तस्बिर निकै भाइरल बनेको छ । त्यस्तै चियाकाे ठूलो गिलास वरपर मानिस बसेर आगो तापेको तस्बिर पनि निकै भाइरल छ । अहिले त सामाजिक सञ्जाल नै यिनै तस्बिरले रङ्गिएको छ ।


एक प्रयोगकर्ता ‘तिमल्सिना राज’ले यो तस्बिर सेयर गर्दै ‘देशको अवस्था कथा सुनाए एआईले यस्तो जवाफ दियो’ भनेर पोस्ट गरेका छन् ।

कहाँबाट आए यी तस्बिर ?

यी तस्बिर एआईबाट बनाइएका हुन् । ‘बिङ’ एप्सिकेसनबाट यी तस्बिर बनाइएका हुन् । ‘बिङ’ बाहेक अन्य एप्लिकेसनबाट पनि यस्ता तस्बिर बनाउन सकिने भए पनि चर्चामा यही एप छ ।

तस्बिर बनाउनका लागि तस्बिरका बारेमा केही शब्द उल्लेख गर्नुपर्छ, त्यसपछि एआईले तस्बिर तयार गरिदिन्छ । एकै पटकका थुप्रै तस्बिर आउँछन् । आफूलाई मन परेको उपयोग गर्न सकिन्छ ।


कसरी बनाउने यस्ता तस्बिर ?

मोबाइल र कम्प्युटर दुवैमा यस्ता तस्बिर बनाउन सकिन्छ । यसका लागि मानइक्रोसफ्टको खाता आवश्यक पर्छ, जुन बनाउन निकै सजिलो छ ।

https://www.bing.com/images/create गुगलमा सर्च गरेपछि बिङको गृहपृष्ठमा पुग्न सकिन्छ । त्यसपछि माइक्रोसफ्ट खाता नभएको अवस्थामा खाता बनाउनुपर्ने हुन्छ । गृहपृष्ठको माथिल्लो दाहिने कुनामा मानिसको पासपोर्ट फोटो जस्तो देखिने आइकनमा क्लिक गर्नुपर्छ ।


त्यसपछि खाता हुनेलाई लगइन र नहुनेलाई नयाँ खोल्नका लागि विकल्प दिइएको हुन्छ । आफ्नो आवश्यकता अनुसारको विकल्प छनोट त्यहाँ देखाइएको निर्देशन पालना गरेर खाता खोल्न सकिन्छ ।

खाता खोलिसकेपछि तपाईं एआई तस्बिर बनाउन योग्य बन्नुहुन्छ । तस्बिर बनाउका लागि गृहपृष्ठमा देखिएको लाम्चो आकारको बक्स प्रयोग गर्नुपर्छ । त्यही बक्समा आफूले चाहेको फोटोको वर्णन गर्नुपर्छ, र ‘क्रिएट इमेज’ क्लिक गरेर प्रक्रिया अगाडि बढाउनुपर्छ ।

थोरै समयपछि तपाईंले वर्णन गरेजस्तै विभिन्न तस्बिर आउँछन् । जुन तस्बिरतपाईंले आवश्यक ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार