२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

यसरी बन्छ एआईबाट ‘भाइरल’ फोटो

२०८०, २० मंसिर बुधबार ०८:३७

मङ्सिर २०, काठमाडौँ |  केहीदिन यता फेसबुकमा मम र चियाका तस्बिर चर्चामा छन् । यी तस्बिरले धेरै प्रयोगकर्ताको मन पनि जितेका छन् । तस्बिरहरू अब म:म र चियामा मात्र सिमित छैनन्, ‘भेराइटी’ थपिँदै गएका छन् ।

केही पहिला आधा आँखा बन्द गरेर विभिन्न मानिस र वस्तुको आकृति देखिने तस्बिरहरू यसरी नै सामाजिक सञ्जालमा छरपस्ट देखिन्थे ।


यिनै तस्बिर सेयर गरेर केहीले आफ्ना पुराना किस्सालाई क्याप्सनमा स्थान दिएका छन् । नेपाली परिवेशलाई झल्काउने यी तस्बिर साँच्चिकै मनमोहक जस्ता लाग्छन्, जुन ती तस्बिरको कमेन्टले स्पष्ट पार्छन् ।

म:मको ठूलो डल्ला समातेर भागेको बच्चालाई आमाले पछ्याइरहेको तस्बिर निकै भाइरल बनेको छ । त्यस्तै चियाकाे ठूलो गिलास वरपर मानिस बसेर आगो तापेको तस्बिर पनि निकै भाइरल छ । अहिले त सामाजिक सञ्जाल नै यिनै तस्बिरले रङ्गिएको छ ।


एक प्रयोगकर्ता ‘तिमल्सिना राज’ले यो तस्बिर सेयर गर्दै ‘देशको अवस्था कथा सुनाए एआईले यस्तो जवाफ दियो’ भनेर पोस्ट गरेका छन् ।

कहाँबाट आए यी तस्बिर ?

यी तस्बिर एआईबाट बनाइएका हुन् । ‘बिङ’ एप्सिकेसनबाट यी तस्बिर बनाइएका हुन् । ‘बिङ’ बाहेक अन्य एप्लिकेसनबाट पनि यस्ता तस्बिर बनाउन सकिने भए पनि चर्चामा यही एप छ ।

तस्बिर बनाउनका लागि तस्बिरका बारेमा केही शब्द उल्लेख गर्नुपर्छ, त्यसपछि एआईले तस्बिर तयार गरिदिन्छ । एकै पटकका थुप्रै तस्बिर आउँछन् । आफूलाई मन परेको उपयोग गर्न सकिन्छ ।


कसरी बनाउने यस्ता तस्बिर ?

मोबाइल र कम्प्युटर दुवैमा यस्ता तस्बिर बनाउन सकिन्छ । यसका लागि मानइक्रोसफ्टको खाता आवश्यक पर्छ, जुन बनाउन निकै सजिलो छ ।

https://www.bing.com/images/create गुगलमा सर्च गरेपछि बिङको गृहपृष्ठमा पुग्न सकिन्छ । त्यसपछि माइक्रोसफ्ट खाता नभएको अवस्थामा खाता बनाउनुपर्ने हुन्छ । गृहपृष्ठको माथिल्लो दाहिने कुनामा मानिसको पासपोर्ट फोटो जस्तो देखिने आइकनमा क्लिक गर्नुपर्छ ।


त्यसपछि खाता हुनेलाई लगइन र नहुनेलाई नयाँ खोल्नका लागि विकल्प दिइएको हुन्छ । आफ्नो आवश्यकता अनुसारको विकल्प छनोट त्यहाँ देखाइएको निर्देशन पालना गरेर खाता खोल्न सकिन्छ ।

खाता खोलिसकेपछि तपाईं एआई तस्बिर बनाउन योग्य बन्नुहुन्छ । तस्बिर बनाउका लागि गृहपृष्ठमा देखिएको लाम्चो आकारको बक्स प्रयोग गर्नुपर्छ । त्यही बक्समा आफूले चाहेको फोटोको वर्णन गर्नुपर्छ, र ‘क्रिएट इमेज’ क्लिक गरेर प्रक्रिया अगाडि बढाउनुपर्छ ।

थोरै समयपछि तपाईंले वर्णन गरेजस्तै विभिन्न तस्बिर आउँछन् । जुन तस्बिरतपाईंले आवश्यक ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने