१७ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

पुस १५ देखि देशभर इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने, कम्पनीले दियो चेतावनी

२९ मंसिर २०८०, शुक्रबार १२:१५

मङ्सिर २९, काठमाडौं | ब्याण्डविथ बापत विदेशी कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम आठ महिनादेखि रोकिदा नेपालभर इन्टरनेट सेवा ठप्प हुने जोखिम देखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डलर सिफारिस नदिदा नेटवर्क सेवा प्रदायकहरूले आठ महिनादेखि अपस्ट्रिम प्रोभाइडर कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् ।

लामो समयदेखि भुक्तानी नपाएको भन्दै टाटा, एयरटेल, सिफ्फीलगायत अपस्ट्रिम प्रोभाइडर कम्पनीले डिसेम्बर ३१ (पुस १५ गते) देखि सेवा अवरुद्ध गर्ने चेतावनीसहित नेपाली कम्पनीलाई पत्र पठाइसकेका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूले बक्यौता तिर्न बाँकी रहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रदायकको हकमा विदेशी मुद्रा सिफारिस बन्द गरेको हो ।

सेवा प्रदायकले सपोर्ट चार्ज, मर्मतसम्भार शुल्क, टेक्निकल शुल्क, मनिटरिङ चार्जजस्ता गैरदूरसञ्चार सेवाबापत लिएको शुल्कमा ग्रामीण दूरसञ्चार कोष शुल्क र रोयल्टी लाग्ने वा नलाग्ने विषयमा सरकार र सेवा प्रदायकबीच विवाद देखिएको छ ।

यही बक्यौता नतिरे विदेशी मुद्रा भुक्तानी सिफारिस नदिने भन्दै मन्त्रालय र प्राधिकरणले भुक्तानी सिफारिस रोकेको हो । गैर दूरसञ्चार सेवाबापत लिइएको शुल्कमा ग्रामीण दूरसञ्चार कोष र रोयल्टी नलाग्ने सेवा प्रदायकको दाबी छ ।

विदेशी मुद्रा सिफारिस बन्द हुँदा सेवा प्रदायकले टाटा, एयरटेल, सिफ्फीलगायतका कम्पनीलाई अन्तराष्ट्रिय ब्यान्डविथ खरिद बापतको भुक्तानी गर्न सकेका छैनन् । यी कम्पनीले नेपाली सेवा प्रदायकलाई पत्र लेख्दै तत्काल भुक्तानी गर्न र नभएको खण्डमा यही डिसेम्बर ३१ तारिखबाट ब्यान्डविथमा रोक लगाउने चेतावनी दिएको हो ।

यी कम्पनीले ब्यान्डविथ उपलब्ध नगराए देशभर इन्टरनेट बन्द हुने इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताए ।

‘विदेशी मुद्रा सिफारिस बन्द गर्दा कम्पनीहरूले अपस्ट्रिम प्रोभाइडरलाई भुक्तानी गर्न सकेका छैनन्,’ अध्यक्ष पराजुलीले भने, ‘टाटा, एयरटेलले पठाएको पत्रमा देशभित्रको आन्तरिक कुरा त्यही मिलाउन र भुक्तानीको विषय ब्यान्डविथसँग सम्बन्धित भएकाले यसमा कुनै बाहान स्वीकार्य नहुने भनिएको छ । यस्तोमा समयमा भुक्तानी गर्नुको कुनै विकल्प छैन । त्यसैले यो विषयमा सरकारले तत्कालै निर्णय लिन आवश्यक छ ।’

विवादित बक्यौताको विषय थाती राखेर भुक्तानी सिफारिस दिन मन्त्रालय, प्राधिकरण र सेवा प्रदायकबीच छलफल भए पनि निष्कर्ष निस्किएको छैन ।

सञ्चार मन्त्रालयले गठन गरेको अध्ययन समितिले विभिन्न ९ इन्टरनेट सेवा प्रदायकको हकमा बक्यौता देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कस्तो छ फिल्म ‘लाज शरणम्’को टिजर? एकीकृत समाजवादीको आरोप : अध्यादेशमार्फत सरकारले देश लुट्ने काम गर्‍यो भागदौडपछि महाकुम्भमा लाग्यो भयानक आगो विपिनको रिहाइबारे इजरायली अधिकारीले नेपाली राजदूतलाई भने– तयारी अवस्थामा रहनू अघिल्लो सरकारले कोमामा पुर्‍याएको अर्थतन्त्रलाई आईसीयूमा ल्याइयो, छिट्टै लयमा आउँछ: सञ्चारमन्त्री आशिकालाई हिरासतमा भेटेपछि सुमनाको टिप्पणी : शक्तिकेन्द्रसम्म पहुँच नभएकालाई पेल्ने नियत भो त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्याण्ड्ससँग नेपाल २० रनले पराजित ‘एक्टर : टेक वन’ प्रदर्शनको बाटो खुल्यो, दुई पक्षबीच सहमति अमेरिकामा ६७ जनासहित विमान र सैन्य हेलिकप्टर ठोकिएर यसरी खसे नदीमा (भिडिओ) अमेरिकामा विमान दुर्घटनाबारे के भने राष्ट्रपति ट्रम्पले ? त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्याण्ड्सद्वारा नेपाललाई १५८ रनको बलियो लक्ष्य अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: यस्तो छ घटनाको विवरण र अहिलेसम्मको नतिजा हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको पुष्टि, आज रिहा हुने सूचीमा परेनन् ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्युठानमा एक जना पक्राउ त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्यान्ड्सविरुद्ध टस जितेर सुरुमा बलिङ गर्दै नेपाल खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमै ठोक्किए : १८ शव फेला पर्‍यो पूर्व सांसद साहद्वारा जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग उपाधिका लागि सङ्कटा र बागमतीबीच आज फाइनल खेल हुँदै सोनाम ल्होछारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ : देउवा