२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फेसबुकले दर्तामा चासो नदिएपछि सरकार पछि हट्न बाध्य

२९ बैशाख २०८२, सोमबार १४:२८

काठमाडौँ । पटकपटक दिएको समयसीमामा दर्ताको प्रक्रियामा नआएपछि सरकार फेसबुकप्रति लचक बनेको छ । गत चैत ७ गते एकमहिने समयसीमा सकिएपछि सरकारले पुनः एक हप्ता म्याद थप गरेको थियो । तर, फेसबुकले दर्तामा चासो नदिएपछि सरकार पछि हट्न बाध्य भएको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब दर्ताको म्याद नतोकिने बताए । तर, ढिलोचाँडो मेटासहितका कम्पनी दर्तामा आउनैपर्ने उनको भनाइ छ ।

“औपचारिकरूपमा मेटाले हालसम्म कुनै जानकारी दिएको छैन । अब म्याद तोकिँदैन, विस्तारै दर्ताको प्रक्रियामा आउला,” उनले भने, “फेसबुक रिस्ट्रचरिङ फेजमा रहेका कारण पनि तत्काल दर्तामा नआएको भन्ने सुन्नमा आएको छ । दर्ता गर्न त आउनैपर्छ ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्तामा नआए फेसबुकको माउ कम्पनी मेटालाई बन्द गर्ने बताएका थिए । नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याबमात्र दर्ता भएका छन् । तर, अझै केही ठूला कम्पनी दर्तामा आएका छैनन् ।

सरकारले सामाजिक सञ्जाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशिका ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका, २०८०’ लागु गरेको छ । तर, पटकपटकको प्रयासमा समेत ठूला प्लेटफर्म दर्ता हुन आएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली