२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने कामहरु के के? यस्ता छन् सावधानीका उपायहरु। ……

१ जेष्ठ २०८२, बुधबार ११:४८

काठमाडौँ । मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने कामबारे जानकारी दिँदै मंगलबार एक सूचनामार्फत सजग हुन आग्रह गरेको छ । सूचना अनुसार मोबाइल हराउँदा सबैभन्दा पहिला सिम कार्ड ब्लक गर्नुपर्छ । सिम ब्लक नगरेसम्म हराएको मोबाइलमा रहेको सिम प्रयोग गरेर अरूले तपाईंको व्यक्तिगत सूचना, बैंकिङ डेटा वा सामाजिक सञ्जाल दुरुपयोग गर्न सक्छन् । यस्तो जोखिमबाट जोगिनका लागि टेलिकमले सिम ब्लक गर्ने तरिका सिकाएको छ:

सबैभन्दा पहिले नेपाल टेलिकमको कुनै पनि नम्बरबाट १४१५ डायल गर्नुहोस् । त्यसपछि फोनमा आउने निर्देशनहरू ध्यानपूर्वक सुनी सोही अनुसार अगाडि बढ्नुहोस् । प्रक्रिया अनुसार हराएको मोबाइल नम्बर र त्यससँग सम्बन्धित सेक्युरिटी कोड (SCODE) इन्ट्री गर्नुहोस् । यसरी हराएको फोनमा रहेको सिम ब्लक गर्न सकिन्छ । यदि तपाईंले आफ्नो सेक्युरिटी कोड पहिले नै सुरक्षित राख्नुभएको छ भने सिम ब्लक गर्ने प्रक्रिया छिटो र सजिलो हुन्छ । तर, सेक्युरिटी कोड नभएमा वा सम्झन नसकेमा थप प्रमाणसहित टेलिकम ग्राहक सेवा केन्द्रमा जानुपर्ने हुन सक्छ ।

मोबाइल फेला परे वा नपरे गर्ने ?

यदि हराएको मोबाइल तपाईंले फेला पार्नुभयो भने नेपाल टेलिकमलाई सम्पर्क गरेर सिम पुनः सक्रिय गराउन सकिन्छ । सिम पुनः सक्रिय गर्दा तपाईंसँग पहिलेको प्रमाण वा SCODE हुनुपर्छ । मोबाइल फेला परेको खण्डमा फेरि १४१५ डायल गरेर निर्देशन पालना गर्दै सिम पुन सक्रिय (रिएक्टिभेट) गर्न सकिन्छ । यदि मोबाइल फेला पार्न सक्नुभएन भने नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन टेलिकमले अनुरोध गरेको छ । प्रहरीको सहायता लिँदा मोबाइल खोजी प्रक्रिया सजिलो हुनुका साथै आफ्नो सुरक्षाको लागि पनि उपयोगी हुन्छ । अर्कोतर्फ, आवश्यक कागजातसहित नजिककै नेपाल टेलिकम कार्यालयमा उपस्थित भई सोही नम्बरको सिम निकाल्न सकिनेछ ।

मोबाइलको सेक्युरिटी कोड के हो र कसरी प्राप्त गर्ने ?

सेक्युरिटी कोड (SCODE) भनेको तपाईंको सिमकार्ड र त्यससँग सम्बन्धित सेवाहरूको सुरक्षा सुनिश्चित गर्न प्रयोग गरिने गोप्य कोड हो । सिम ब्लक गर्न, पुनः सक्रिय गर्न वा ब्यालेन्स ट्रान्सफर गर्न यसै कोडको प्रयोग गरिन्छ ।

सेक्युरिटी कोड प्राप्त गर्ने तरिका:

आफ्नो मोबाइलबाट SCODE लेखी 1415 मा एसएमएस पठाउनुहोस् । कहिलेकाहीँ छोटो नम्बरमा एसएमएस नजान नसक्ने अवस्थामा 9771415 मा एसएमएस गर्नुहोस् । प्राप्त भएको SCODE नम्बरलाई सुरक्षित ठाउँमा टिपेर राख्नुहोस् र कसैसँग पनि शेयर नगर्नुहोस्- यसको दुरूपयोग हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला