२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने कामहरु के के? यस्ता छन् सावधानीका उपायहरु। ……

२०८२, १ जेष्ठ बुधबार ११:४८

काठमाडौँ । मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने कामबारे जानकारी दिँदै मंगलबार एक सूचनामार्फत सजग हुन आग्रह गरेको छ । सूचना अनुसार मोबाइल हराउँदा सबैभन्दा पहिला सिम कार्ड ब्लक गर्नुपर्छ । सिम ब्लक नगरेसम्म हराएको मोबाइलमा रहेको सिम प्रयोग गरेर अरूले तपाईंको व्यक्तिगत सूचना, बैंकिङ डेटा वा सामाजिक सञ्जाल दुरुपयोग गर्न सक्छन् । यस्तो जोखिमबाट जोगिनका लागि टेलिकमले सिम ब्लक गर्ने तरिका सिकाएको छ:

सबैभन्दा पहिले नेपाल टेलिकमको कुनै पनि नम्बरबाट १४१५ डायल गर्नुहोस् । त्यसपछि फोनमा आउने निर्देशनहरू ध्यानपूर्वक सुनी सोही अनुसार अगाडि बढ्नुहोस् । प्रक्रिया अनुसार हराएको मोबाइल नम्बर र त्यससँग सम्बन्धित सेक्युरिटी कोड (SCODE) इन्ट्री गर्नुहोस् । यसरी हराएको फोनमा रहेको सिम ब्लक गर्न सकिन्छ । यदि तपाईंले आफ्नो सेक्युरिटी कोड पहिले नै सुरक्षित राख्नुभएको छ भने सिम ब्लक गर्ने प्रक्रिया छिटो र सजिलो हुन्छ । तर, सेक्युरिटी कोड नभएमा वा सम्झन नसकेमा थप प्रमाणसहित टेलिकम ग्राहक सेवा केन्द्रमा जानुपर्ने हुन सक्छ ।

मोबाइल फेला परे वा नपरे गर्ने ?

यदि हराएको मोबाइल तपाईंले फेला पार्नुभयो भने नेपाल टेलिकमलाई सम्पर्क गरेर सिम पुनः सक्रिय गराउन सकिन्छ । सिम पुनः सक्रिय गर्दा तपाईंसँग पहिलेको प्रमाण वा SCODE हुनुपर्छ । मोबाइल फेला परेको खण्डमा फेरि १४१५ डायल गरेर निर्देशन पालना गर्दै सिम पुन सक्रिय (रिएक्टिभेट) गर्न सकिन्छ । यदि मोबाइल फेला पार्न सक्नुभएन भने नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन टेलिकमले अनुरोध गरेको छ । प्रहरीको सहायता लिँदा मोबाइल खोजी प्रक्रिया सजिलो हुनुका साथै आफ्नो सुरक्षाको लागि पनि उपयोगी हुन्छ । अर्कोतर्फ, आवश्यक कागजातसहित नजिककै नेपाल टेलिकम कार्यालयमा उपस्थित भई सोही नम्बरको सिम निकाल्न सकिनेछ ।

मोबाइलको सेक्युरिटी कोड के हो र कसरी प्राप्त गर्ने ?

सेक्युरिटी कोड (SCODE) भनेको तपाईंको सिमकार्ड र त्यससँग सम्बन्धित सेवाहरूको सुरक्षा सुनिश्चित गर्न प्रयोग गरिने गोप्य कोड हो । सिम ब्लक गर्न, पुनः सक्रिय गर्न वा ब्यालेन्स ट्रान्सफर गर्न यसै कोडको प्रयोग गरिन्छ ।

सेक्युरिटी कोड प्राप्त गर्ने तरिका:

आफ्नो मोबाइलबाट SCODE लेखी 1415 मा एसएमएस पठाउनुहोस् । कहिलेकाहीँ छोटो नम्बरमा एसएमएस नजान नसक्ने अवस्थामा 9771415 मा एसएमएस गर्नुहोस् । प्राप्त भएको SCODE नम्बरलाई सुरक्षित ठाउँमा टिपेर राख्नुहोस् र कसैसँग पनि शेयर नगर्नुहोस्- यसको दुरूपयोग हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी