२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि नेपाली बजारमा आइफोन टेन, मूल्य कति ?

२०७४, १४ मंसिर बिहीबार १३:३४

मङ्सिर १४, काठमाडौं | संसारकै ख्यातिप्राप्त फोन आइफोनको पछिल्लो आइफोन एक्स अर्थात आइफोन टेन नेपाली प्रयोगकर्ताका लागि भोलीदेखि उपलब्ध हुने भएको छ ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु म्याकबुक्स, आइप्याड, आइम्याकको एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन भोली अर्थात डिसेम्बर १ देखि सार्वजनिक हुने जनाएको छ । 

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले नेपालमा केहि बर्षदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । 


जेनरेशन नेक्स्टका अनुसार आइफोन टेन नेपाली बजारमा ६४ जिबी र २५६ जिबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ । 

यसैबीच आइफोन खरिदकर्ताहरुको लागि फोन किनेपछि अर्ध वार्षिकीमा एकजना भाग्यशाली विजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछन् । यो अफर अन्तर्गत ग्राहकले आइफोन किनेपछि जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्ने हुन्छ । 

मूल्य कति पर्छ ? 

यस अघि नेपाली बजारमा आइफोन टेनको मूल्यको बारेमा बिभिन्न भ्रमहरु सार्वजनिक भएका छन् तर जेनेरेक्सले नेपाली बजारमा आइफोन टेन ६४ जिबीको १ लाख ३८ हजार र २५६ जिबीको १ लाख ५९ हजार तोकिएको जनाएको छ । आईफोन एक्सको डिस्प्ले डिजाइनमा ५.८ इन्च सुपर रेटिना डिस्प्ले, ए-११ बायोनिक चिप, वायरलेस चारजिङ्ग र डुअल १२ मेगापिक्सल रियर कैमरा तथा डुअल अप्टिकल इमेज स्टेबलाइजेशन सहित उपलब्ध छ । मूल्यको कुरा गर्ने हो भने नेपालमा आइफोन १० हालसम्मकै महँगो स्मार्टफोन हो । 


भोलीदेखिने नेपालका इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सिजी स्टोर (नक्साल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट आइफोन टेन किन्न सकिनेछ । कम्पनीले तोकिएका स्थानबाट मात्र आइफोन किन्न ग्राहकहरुलाई आग्रह गरेको छ ।

उसले आईफोन टेन किन्दा जेननेक्स्टको होलोग्राम हेर्न पनि भनेको छ । साथै ग्राहकले एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउन www.gnextcom.com/check-service-tag गई एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् । 


यस अघि मङ्सिर १ गतेदेखि जेननेक्स्टले आइफोन ८ र ८ प्लस बिक्रि सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने