२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा सामसुङको ग्यालेक्सी ‘एएट प्लस’ बिक्रि सुरु, मूल्य कति ?

२०७४, १८ माघ बिहीबार १२:०७

माघ १८, काठमाडौं | नेपालमा सर्वाधिक बोकिने फोनमध्ये सामसुङको ग्यालेक्सीले आफ्नो ‘एएट प्लस’ बिक्रि सुरु गरेको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषता रहेको यस स्मार्टफोनमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरीकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । 


यो सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो । जसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । ग्यालेक्सी ‘एएट प्लस’ फोनमा ठूलो स्क्रिन रहेको छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । फोन आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध भएकाले सहजै रुपमा हेर्न सकिन्छ । नयाँ फोनमा १८:५:९ रेसियोको डिस्प्ले छ भने  ‘एएट प्लस’ मा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामराहरु जडान गरिएको छ । 


फोनमा एफ १.९ को डुयल क्यामरा छ, जसको कारण सेल्फी खिच्नको लागि समेत यो फोन निकै राम्रो छ । फोनमा व्याकग्राउन्ड ब्लर गरी क्लोजअप फोटो समेत खिच्न सकिने, लाईभ फोकसको कारण फोटो खिच्नु अघि वा खिचिसके पछि उच्चस्तरीय फोटो खिच्न सकिने बिशेष गुण रहेको छ । यसमा १६ मेगा पिक्सल एफ १.७ रियर क्यामराले गर्दा अध्यारो एवं उज्यालोको अवस्थामा पनि सफा, तथा चहकिलो फोटो खिच्न सकिन्छ । 


ग्यालेक्सी ‘एएट प्लस’ मा फोनलाई अनलक नै नगरी मोवाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो ‘आइपीसिक्सएट’बाट प्रमाणित छ । यो फोन धुलो तथा पानी प्रतिरोधि पनि हो । सामसुङको यो ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिन्छ । ग्यालेक्सी ‘एएट प्लस’ कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ । यसको नेपाली मूल्य ५९,९९० रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा