२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्ल्डलिंकले ल्यायो विद्यार्थीका लागि ‘वल्र्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा

२०७४, २२ माघ सोमबार १०:५४

माघ २२, काठमाडौँ । नेपाली शैक्षिक क्षेत्रमा रहेको पठनपाठन प्रणालीमा नौलो आयाम थप्दै वल्र्डलिंकले विश्वका प्रतिष्ठित राष्ट्रमा जस्तै ईन्टरनेटको माध्यमबाट घरमै बसि–बसि विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वल्र्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा सञ्चालनमा ल्याएको छ ।

समयसापेक्ष रुपमा आधुनिक समयमा शैक्षिक क्षेत्रमा परिमार्जन गर्ने उद्देश्यका साथ वल्र्डलिंकले यो सेवा मिदास ई–क्लास सँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो । 


वल्र्डलिंकले इन्टरनेट सर्भिस प्रोभाइडरको क्षेत्रमा पहिलोपटक सम्पूर्ण विद्यार्थीहरुको अध्ययनलाई मध्यनजर गरी यो सेवा ल्याइएको छ । यो सेवा प्रयोग गर्नका लागि ग्राहकहरुले वल्र्डलिंकमा दर्ता गरी एक महिना निशुल्क सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

यो सेवा परम्परागत रुपमा हुँदै आएको पठनपाठन प्रणालीमा सुधार गरी विद्यार्थीहरुलाई आधुनिकतातिर अग्रसर गर्ने उद्देश्यसाथ सञ्चालनमा ल्याएको हो । यो सेवामा विद्यार्थीहरुले जुनसुकै समयमा घरैमा बसि–बसि भिडियो र अडियोको माध्यमबाट रमाइलो गर्दै पढाईमा ध्यान केन्द्रित गर्न सक्छन् । 

यो सेवामा विद्यालय स्तरका विद्यार्थीहरुको इन्टरनेट प्रतिको बढ्दो आकर्षण सँगै उज्वल भविष्यका लागि इन्टरनेटको माध्यमबाट पठनपाठन गर्न सकिने हुँदा उनीहरुको समय र शैक्षिक गुणस्तर अभिवृद्दि हुँदै राष्ट्रको शैक्षिक स्तर अभिवृद्दि हुने अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते