टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएक"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् नेपाल टेलिकमका छुटैछुटका आकर्षक १३ अफर (सुचिसहित)

२६ माघ २०७४, शुक्रबार ०६:०६

माघ २६, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि दर्जन बढी आकर्षक योजना सञ्चालनमा ल्याएको छ । 


टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको हो । उक्त अफर आज (बिहीबार) देखि नै लागू भएको टेलिकमले जनाएको छ । र, यी अफरहरु आगामी बैशाख २५ गतेसम्म लिन सकिने छ ।

१. अल टाइम डाटा प्याक

जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विभिन्न प्याकेजमा १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

अब थप बोनस समेत गरी अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँमा ३ दिनसम्म २४सै घण्टा उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६९ एमबी डाटा उपलब्ध हुनेछ । 

५० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १४३ एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४५६ एमबी डाटा, २०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ९६९ एमबी डाटा र ३०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १७१० एमबी डाटा उपलब्ध हुनेछ ।

२. नाइट डाटा प्याक

जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि पहिले भन्दा थप १४ प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । नाइट डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा १७१ एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५७० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १३६८ एमबी डाटा १४ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २०० रुपैयाँमा ३५०३ एमबी डाटा र ३०० रुपैयाँमा ७५८८ एमबी डाटा २८ दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

३. सोसियल मिडिया डाटा प्याक

सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । यस अन्तर्गत १२ रुपैयाँमा ५७ एमबी डाटा ३ दिन, २५ रुपैयाँमा १२६ एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २६३ एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपैयाँमा ५७० एमबी डाटा र २०० रुपैयाँमा १२५४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

४. डाटा स्ट्रिमिङ प्याक

जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यस अन्तर्गत ११५ रुपैयाँमा १३६८ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ८० रुपैयाँमा ९१२ एमबी डाटा १४ दिन अवधिका लागि र ४५ रुपैयाँमा ४५६ एमबी डाटा ७ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

५. एसएमएस प्याक

जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत १२ रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ६० वटा एसएमएस र ६० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १२ रुपैयाँमा १२० वटा एसएमएस गर्न सकिने छ ।

६. फोरजी डाटा प्याक

फोरजी डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा ३५ एमबी डाटा ३ दिनका लागि, ५० रुपैयाँमा २२८ एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५७० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १३६८ एमबी, ३०० रुपैयाँमा २२८० एमबी र ५०० रुपैयाँमा ४१०४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

७. अल टाइम भ्वाइस प्याक

जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत एक दिनका लागि १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । 

त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २८ दिनका लागि ४१० मिनेट, ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ ।

८. नाइट टाइम भ्वाइस प्याक

नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ३ दिनसम्म ७० मिनेट र २५ रुपैयाँमा ७ दिनसम्म कम्पनीकै नेटवर्कभित्र २५० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

९. सीयूजी प्याकेज

कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि कन्भज्र्ड सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । हालसम्म जीएसएम पोष्टपेडलाई मात्र यो सुविधा उपलब्ध गराइएकोमा अब जीएसएम/सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराइएको छ ।

सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सकिने छ । त्यसैगरी ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । यो वाहेक १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन सकिने छ ।

१३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ ।

१०.इन्डिया आउटगोइङ कल अफर

नेपालबाट भारतमा कल गर्नका लागि अब सस्तो दरको प्याकेज लिन सकिने भएको छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । 

डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २२५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ । प्याकबाट प्रतिमिनेट २ रुपैयाँ २२ पैसासम्मको सस्तो दरमा भारतमा कल गर्न सकिने छ ।

११.इन्टरनेसनल इनकमिङ कलमा बोनस अफर

अब विदेशबाट कल आएमा समेत बोनस कल र एसएमएस उपभोग गर्न सकिने छ । ७ दिनभित्र ७ मिनेट अन्तर्राष्ट्रिय कल रिसिभ गर्ने प्रत्येक ग्राहकले नेपाल टेलिकमको नेटवर्कमा १४ मिनेट फ्रि कल गर्न र १४ वटा फ्रि एसएमएस पठाउन सक्ने छन् । फ्रि कल र फ्रि एसएमएसको प्रयोग भने ३ दिन भित्र गरिसक्नु पर्नेछ ।

१२. एडीएसएल स्पिड स्तरोन्नति र डाटा बोनस

नेपाल टेलिकमले हालसम्म १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट उपलब्ध गराइरहेकोमा अब ५ एमबीपीएस सम्मको गतिमा उपलब्ध हुने गरी अपग्रेड गरिएको छ । त्यसैगरी एडीएसएल रिचार्ज गर्दा ग्राहकको जीएसएम वा सीडीएमए मोबाइलमा क्रस–बन्डलिङ डाटा बोनस उपलब्ध गराइने छ । यस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज गर्दा ३० एमबी अल टाइम र ६० एमबी नाइट डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी ५ सय रुपैयाँको रिचार्ज गर्दा ८० एमबी अल टाइम र १६० एमबी नाइट तथा १ हजार रुपैयाँको रिचार्ज गर्दा १७५ एमबी अल टाइम र ३५० एमबी नाइट डाटा प्रयोग गर्न सकिने छ ।

१३. एफटीटीएच सेवामा कर्पोरेट तथा ब्यक्तिगत प्याकेज

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहक र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । दुवै प्रकारका ग्राहकको लागि ८, १४, ३३, ५५ र १०० एमबीपीएस ब्यान्डविथको प्याकेज उपलब्ध छ ।

ब्यक्तिगत तर्फ ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ४५० जिबी, ६ महिनाका लागि ११०० जिबी र १२ महिनाका लागि २४०० जिबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ४,२३७।५०, ७,७९७।– र १३,५६०।– छ ।

१४ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ७०० जीबी, ६ महिनाका लागि १६०० जीबी र १२ महिनाका लागि ३५०० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः ४ हजार ७ सय ४६, ८ हजार ८ सय १४, र १५ हजार ५ सय ९४ रुपैयाँ रहेको छ ।

३३ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि १०५० जीबी, ६ महिनाका लागि २३०० जीबी र १२ महिनाका लागि ५००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः ५ हजार २ सय ५४.५०, ९ हजार ८ सय ३१ रुपैयाँ, र १७ हजार ६ सय २८ रुपैयाँ छ ।

५५ एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि ६५०० जिबी डाटा २० हजार ३ सय ४० रुपैयाँमा र १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि ८५०० जीबीको डाटा २५ हजार ७ सय ६४ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

त्यसैगरी कर्पोरेट युजर प्याकेज अन्तर्गत ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १६०० जीबी, ६ महिनाका लागि ३६०० जीबी र १२ महिनाका लागि ८००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः ८ हजार ४ सय ७५ रुपैयाँ, १५ हजार ९ सय ३३ रुपैयाँ र २८ हजार ४ सय ७६ रुपैयाँ छ ।

१४ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २२०० जीबी, ६ महिनाका लागि ५००० जीबी र १२ महिनाका लागि ११००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः ९ हजार ४ सय ९२ रुपैयाँ, १७ हजार ९ सय ६७ रुपैयाँ, र ३२ हजार ५ सय ४४ रुपैयाँ छ ।

३३ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २८०० जीबी, ६ महिनाका लागि ६४०० जीबी र १२ महिनाका लागि १४००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः१० हजा १ सय ७०, १९ हजार ३ सय २३ रुपैयाँ र ३५ हजार २ सय ५६ रुपैयाँ छ ।

५५ एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १८००० जीबी डाटा ४० हजार ६ सय ८० रुपैयाँमा र १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि २४००० जीबीको डाटा ५१ हजार ५ सय २८ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य