२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङद्वारा नेपालमा २०७५ सालको बबाल अफर घोषणा (मोवाइलको मूल्य सहित)

२०७४, २३ चैत्र शुक्रबार १६:२७

चैत २३, काठमाडौं | पछिल्लो समयमा निकै मन पराइएको मोबाइल फोन सामसुङले नेपालमा '२०७५ साल सामसङ अफर बबाल' अफर घोषणा गरेको छ । नेपालमा सामसुङले नयाँ वर्ष २०७५ आउंदै गर्दा ग्राहकलाई लक्षित गर्दै आफ्नो '२०७५ साल सामसङ अफर बबाल' घोषणा गरेको छ । 

“नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि यो नयाँ अफर ल्याएका छौँ । हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ,” सामसङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापितले जानकारी दिए ।  

योजनाअन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । अब उपभोक्ताले ग्यालेक्सी ट्याब एस३ को खरिदमा लेभल बक्स स्पिकर, एस८ र एस८प्लसको खरिदमा लेभल यु फ्लेक्स तथा नोट ८ को खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउने कम्पनीले जनाएको छ ।  

उक्त उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा भारी छुटको व्यवस्था पनि गरेको छ । 

रु ६०९० को छुट सहित नोट८ जसको वास्तविक मूल्य रु १०२,९९० रहेको थियो अब रु ९६,९०० मा उपलब्ध हुनेछ । साथै, रु ७००० को छुटसँगै एस८प्लसको मूल्य रु ८६,९०० बाट रु ७९,९०० तथा एस८ को मूल्य रु ७६,९०० बाट रु ६९,९०० तय गरिएको छ । 

त्यसैगरी, रु २००० को छुट सहित J7 Pro र J7 Max को मूल्य क्रमशः रु ३२,९०० बाट रु ३०,९०० तथा रु २८,२९० बाट रु २६,२९० तोकिएको छ । J7 Prime 2 को मूल्य अब रु २७, ९९० र J7 Nxt (32 GB) को मूल्य रु २०,९९० निर्धारित गरिएको छ जसको मूल्य क्रमशः रु २८,९९० र रु २१,९९० रहेको थियो भने रु १२०० को छुट सहित On Nxt को मूल्य रु २५,१९० बाट रु २३,९९० तय गरिएको छ ।

बजारमा नवीन तथा आकर्षक अफरहरु ल्याउने ठूला ब्राण्डहरुमा सामसङ पनि पर्दछ । यस “२०७५ साल सामसङ अफर बबाल” योजना दुवै कम्पनी तथा उपभोक्ताका लागि लाभदायक हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते