२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाँतमा यसरी लाग्छ कीराः दाँत जोगाउन वा किराले खाईसकेको भए के गर्ने ?

६ बैशाख २०७५, बिहीबार १२:१८

दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । हामीले खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । दातले खाना टुक्रदा सहज रुपमा पचाउन र विभिन्न रोगबाट बच्न सकिन्छ । दाँतलाई स्वस्थ, बलियो र आकर्षक बनाउने सम्बन्धमा दाँत सम्बन्धि यस्ता छन् टिप्स् :

दाँत कसरी बिग्रन्छ ?

दाँत विग्रनुको मुख्य कारण भनेको नै खाना खाइसकेपछि दाँतलाई सफा नगर्नु हो । हामीले खाएको खाने कुरा दाँतको कुना र भित्तामा टाँसिन्छन् । धेरै समय रहेपछि यस्ता टुक्राहरु कुहिन्छन् । जसको कारण दाँतमा कीरा लाग्नुका साथै दाँतको जरा खुकुलो हुने, गिजा सुन्निने, रगत आउने, दाँत हल्लिने, दुख्ने लगाएतका समस्या आउँछन् ।

दाँतको उपचार, हेरचाह कसरी गर्ने ?

– कम्तीमा २ पटक बिहान/बेलुका खाना खाइसकेपछि राम्ररी ब्रस गर्ने, नभए खाना खाईसकेपछि कुल्ला गर्ने।

– सुत्ने बेलामा अन्त्यमा पानी पिउने । जसले गर्दा दाँतमा टासिएका कुराहरु पखालिन सहयोग पुग्छ ।

– ब्रस गर्दा घोटेर ब्रस नगर्ने, ४५ डिग्रीको कोणमा तलमाथी, दायाँ-बाया २/३ मिनेट हल्कासँग मिलाएर ब्रस गर्ने ।

– महिनाको एक पटक ब्रस परिवर्तन गर्ने |

– कम्तीमा वर्षको एक पटक विशेषज्ञकहाँ  सरसफाई गराउने, चेक गराउने ।

– दाँत दुख्यो वा केही समस्या आइहाल्यो भने जथाभावी औषधी सेवन नगर्ने, चिकित्सकसँग सल्लाह बमोजिम उपचार गर्ने ।

दाँतको दुखाइ कम गर्ने घरेलु उपाय 

- दातमा  भएको खाल्डोमा फसेको खानेकुराहरुलाई चुच्चो सिन्कोको माध्यमबाट निकाल्न सकिन्छ |

- आधा चम्चा  नुन एक गिलास मनतातो पानीमा मिलाई कुल्ला गर्दा दुखाई कम हुँदै जान्छ | 

दाँतमा यसरी लाग्छ कीराः

दाँतमा गुलियो खाने बितिकै किराले खाईहाल्दैन | हामीले खाएको खाना दातको कुना-कप्चामा अड्कंदै जान्छ  र त्यो  कुहिएर  ब्याक्टेरिया उत्पादन भएपछि बिस्तारै एसिड उत्पादन गर्छ र दाँत बिग्रँदै जान्छ । दातको बीच भाग, दायाँ-बायाँमा

सानो-सानो प्वाल पर्दै जान्छ | त्यो दातको नसा जरासम्म पुगेपछि, पानी खाँदा सिरिंग-सिरिंग लाग्ने, दाँत कालो हुने, दाँत दुख्ने लगाएत मानव शरीरको सबैभन्दा कडा भाग भनेकै इनामेल हो । इनामेल छेडेर त्योभन्दा पनि भित्र गएपछि दाँतमा समस्या देखा पर्छ । भित्री भाग डेन्टिनमा ब्याक्टेरिया पुगेपछि दाँत सिरिङ-सिरिङ गर्ने, कालो हुने, दुख्ने लगायतका समस्या आउँछन । दाँतमा किरा लाग्ने सरसफाईको कमीले हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली