२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओप्पोको नयाँ फोन एफ-7, किन्नेहरुले ध्यान दिनुस्- मूल्य अनुसार फिचर छैन

२०७५, १९ बैशाख बुधबार ०५:०६

वैशाख १९, काठमाडौँ | बजारमा हालसालै आएको ओप्पो एफ-७ ले जति नेपाली बजारलाई बिज्ञापनमा ततायो त्यतिनै ग्राहकले किन्छन् भन्ने सोचका साथ मार्केटमा बिज्ञापनको हल्ला पिटेको छ । यस फोनको बजार हल्ला यति चुलिएको छ कि मोबाइल किन्न चाहने ग्राहकहरुले यसलाई हल्लाकै भरमा किन्ने गरेका छन् । 

तर ओप्पो प्रयोग गरिसकेका ग्राहकहरुले ओप्पोको जति बाहिरी हल्ला छ त्यस अनुरुप सेल्फी क्यामेरा बाहेक अन्य फिचर त्यति आकर्षक लाग्दैनन् । ओप्पो प्रयोग गरिसकेका ग्राहकहरुलाई एक पटक सोध्नुभयो भने यस बिषयलाई प्रमाणित गर्ने धेरै आधारहरु पाउनुहुनेछ । प्रयोगकर्ताहरुको अनुसार क्यामेरालाई फोकस गरेर नेपाली मार्केटमा आफ्नो दवदवा कायम राख्न खोजेपनि यसको क्यामेरा बाहेक अन्य फिचरको कारण आवश्यकता भन्दा बढी मूल्य लिएर फोन बेचिरहेको छ । त्यसो त बिज्ञापनमै यसले गरेको खर्चलाई आधार मान्ने हो भने पनि ओप्पोलाई हल्ला र बिज्ञापनले नै चलाईरहेको छ । 

नेपाली बजारमा ओप्पो एफ-७ स्मार्ट फोन बारे नेपालमा मात्र नभई भारतमा समेत अधिकांस मोबाइल सम्बन्धि जानाकारहरुले यो फोन फिचर अनुसार निकै महँगो बनाइएको प्रतिक्रिया दिएका छन् । ग्राहकको प्रतिक्रिया सुन्ने हो भने बिज्ञापन बजारमा राम्रो एनिमेसन सहितको बिज्ञापन गरे वा ठूला-ठूला होर्डिङबोर्डमा बिज्ञापन गर्दैमा आफ्नो ब्राण्ड बिक्रि भएको बुझ्दै आक्रामक ब्यापार हुने आशामा रहेको ओप्पो फोनको क्रेज अघिल्लो बर्ष भन्दा निकै घटेको बुझ्न सकिन्छ ।  

एप्पल एक्सझैं फुल स्क्रिन डिस्प्लेसहित आएको यो फोनमा प्लास्टिक कभरमा छ भने प्रविधि पुरानै छन् । मोबाइलको सफ्टवयर सम्बन्धि जानाकारहरुले नयाँ ओप्पोको सफ्टवयरको बिषयमा पनि सामान्य भनेका छन् । मोबाइल झट्ट हेर्दा राम्रो देखाउन खोजिएको र बाहिरी लुक्सकै कारण ग्राहकले रोज्ने बुझेको ओप्पोले फास्ट चार्जीङ सुबिधा दिएको छैन यो सुविधा नहुँदा महँगोमा मोबाइल किनेकाहरुलाई मुख्य असुविधा यही हो भन्ने भान हुन्छ । त्यस्तै मूल्य अनुसारको लुक्स नहुँदा यो फोन कतिपयको रोजाइमा पर्दैन । 

त्यस्तै यो फोनमा नोटिफिकेशन एलईडी छैन, जुन कुरा आजकाल कम मूल्यका फोनमा समेत पाइन्छ । त्यस्तै मूल्य अनुरुप माइक्रो-यूएसबी पोर्टले यो फोनलाई त्यति राम्रो बनाएको छैन । 

तर यो फोनमा यस्तो चाल चालिएको छ कि जसको कारण साधारण ग्राहकहरुलाई राम्रो लागोस् र अरु फोनको सट्टा यही फोन किनोस । तर वास्तविक रुपमा यो फोन सबै फिचर बुझेकाहरुको रोजाइमा पर्दैन । 


ओप्पोको यो फोन फास्ट रहेको रिभ्युमा उल्लेख छ भने झट्ट हेर्दा आइफोन एक्सको भान हुन्छ । कम्पनीले क्यामेरालाई प्राथमिकता दिएर ओप्पोका ब्राण्डहरु सार्वजनिक गरेको छ । पछिल्लो समय सेल्फीको साथै राम्रो क्यामेराको प्रयोग गर्ने होडबाजी सँगै फोन लन्च भएसँगै बिज्ञापन दिने चर्को होडले पनि ग्राहकहरुलाई झुक्याउने र लोभ्याउने काम गरेको छ । यो फोन किन्नेहरुले यो पटक पोट्रेट फोटो खिचाई त्यति राम्रो मान्दैनन् किनकी यसको पोट्रेट फोटो त्यति राम्रो छैन जुन सफ्टवयरको कारण राम्रो नभएको रि-भ्यु दिनेहरुले बताएका छन् । त्यस्तै क्यामेरामा अर्को समस्या के पनि छ भने मूल्य अनुसार यसले फोरके भिडियो र ईआईएसको सपोर्ट दिईएको छैन ।


त्यस्तै यो फोनमा ब्याट्री लाइफ बचाउन प्रयास गरिएको छ । डिस्प्ले भ्यु एंगल र दिउसोको समयमा डिस्प्ले ब्राइटनेसको कारण पनि यो फोन त्यति खास छैन । 


२५ मेगापिक्सेल एआई क्यामरा र फुल स्क्रिन यसको मुख्य विशेषता हो । यो फोन सेल्फीप्रेमीहरुको लागि मन जित्ने गरि बनाइएको छ । नेपालमा यो फोन ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज अप्सनको लागि मूल्य ३६ हजार पाँच सय ९० तोकिएको छ । जुन मूल्य मध्यम बर्गको नेपालीहरुको पहुँच भन्दा निकै परको मूल्य हो । त्यसो त पैसा भएकाहरुको लागि ओप्पोको ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको अप्सनको मूल्य ४६ हजार पाँच सय ९० रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा