२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाका लागि नेपाली राजदूत कार्कीले गरे नेपालीले डेभलप गरेको सगुनबारे बिशेष खुलासा

१८ जेष्ठ २०७५, शुक्रबार १४:१७

जेठ १८, काठमाडौँ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले सगुनबारे बिशेष खुलासा गरेका छन । नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुन डटकमबारेमा एक बिशेष अन्तर्वाता दिदै अमेरिकाका लागि नेपाली राजदुत डा  कार्कीले बिभिन्न थप कुरा बताएका हुन् ।

सगुनले आफ्नो प्रयोगकर्ताहरु बढाउँदै लगेको तथा ठुला लगानीकर्ता हिन्दुस्तान टाइम्स लगायतले समेत लगानी गरेपछि विश्वको ध्यान तानिएको छ । सगुनका युजर २३ लाख नाघेका छन् । सगुन नेपाल, भारत लगायत दक्षिण एशिया क्षेत्रमा आर्थिक स्थायित्व स्थापनाको जग हुनसक्ने राजदूत कार्कीको भनाइ छ । ‘हामीले संसारका लिडिंग स्टार्टअप आइटी कम्पनीहरुलाई देखिरहेका छौं, तिनीहरुले अहिले विश्वको अर्थतन्त्रलाई डोर्याइरहेका छन् ।

सगुनसँग दक्षिण एशिया क्षेत्रमा उदाहरण प्रस्तुत गर्न सक्ने असिमित अबसर रहेको राजदूत कार्कीको भनाइ छ । यस्ता कम्पनीलाई विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिनु पर्ने उनको धारणा छ । सगुनले विश्व बजारमा मिनी आइपिओ जारी गरिरहेको छ । अवको दुइ हप्ता पछि अर्थात जुनको दोस्रो साता यसको सेयर निस्कासन बन्द हुनेछ ।


बिश्वभरबाट www.Sagoon.com/invest मा गएर डेबिट र केडिट कार्डबाट लगानी गर्न सकिनेछ । बैक खाताबाट पनि वायर गरेर लगानी गर्न सकिने कम्पनीले जनाएको छ । नेपाल भित्रबाट बिदेशी कम्पनीमा लगानी गर्ने कानुन नबनेकोले लगानी गर्न सकिदैन तर बिदेशमा बस्ने बैक खाता भएका नेपालीहरुको लागि भने स्टार्टअपमा लगानी गर्ने एक अवसर रहनेछ ।

लगानी कर्ताले प्रति सेयर २३ डलरका दरले कम्तिमा एक हजार डलर लगानी गर्नु पर्नेछ ।यो चरणको लगानी सकिएपछि सगुनको नयाँ भ्यालुएसन हुनेछ । प्रयोगकर्ता र लगानीकर्ता बढ्नुका साथै एन्ड्रोइड प्लेटफर्ममा एपसमेत सार्बजनिक भइसकेकाले सगुनको भ्यालुएसन निकै बृद्धि हुने निश्चित छ ।

यति कम मूल्यमा उदाउँदो आइटी स्टार्ट अप कम्पनीमा लगानी गर्ने अबसर कमै आउने विज्ञहरु बताउँछन्।सगुनको प्रगतिलाई नजिकबाट नियालिरहेका अमेरिकाका लागि नेपाल राजदूत कार्की पनि यसको बृद्धिदरलाई देखेर उत्साहित देखिएका छन् ।

नेपालको प्रबर्धनको जिम्मेवारीसमेत निर्वाह गरिरहेका कार्कीले दिएको अन्तर्वातामा नेपालीले डेभलप गरेको इकमर्स साइट सगुनप्रति निकै आशावादी देखिएका बताए  ।

उनले राइज एण्ड साइनमा दिएको अन्तर्वाता यसप्रकार रहेको छ – 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य