मनोज पराजुली । असार ८, काठमाडौँ । सरकारले अनलाइन मिडियाहरुको पनि वर्गीकरण गर्ने तयारी गरेको छ। हाल पत्रपत्रिका, रेडियो र टेलिभिजनको मात्रै वर्गीकरण हुँदै आएकोमा अबदेखि अनलाइन मिडियाहरुको पनि वर्गीकरण हुन लागेको हो ।

राष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज पराजुली । असार ८, काठमाडौँ । सरकारले अनलाइन मिडियाहरुको पनि वर्गीकरण गर्ने तयारी गरेको छ। हाल पत्रपत्रिका, रेडियो र टेलिभिजनको मात्रै वर्गीकरण हुँदै आएकोमा अबदेखि अनलाइन मिडियाहरुको पनि वर्गीकरण हुन लागेको हो ।

राष्"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन मिडिया पनि वर्गीकरण हुँदै, के अब सरकारी सुविधा पाउलान् ?

२०७५, ८ असार शुक्रबार १०:१०

मनोज पराजुली । असार ८, काठमाडौँ । सरकारले अनलाइन मिडियाहरुको पनि वर्गीकरण गर्ने तयारी गरेको छ। हाल पत्रपत्रिका, रेडियो र टेलिभिजनको मात्रै वर्गीकरण हुँदै आएकोमा अबदेखि अनलाइन मिडियाहरुको पनि वर्गीकरण हुन लागेको हो ।

राष्ट्रिय आमसंचार नीति २०७३ ले समाचारमुलक अनलाइन माध्यमलाई वर्गीकरण गरि अन्य समाचार माध्यम सरह सुविधा र नियमनको व्यवस्था मिलाइने परिकल्पना गरे बमोजिम प्रेस काउन्सिलले अनलाइन वर्गीकरणको  लागि तयारी शुरु गरेको हो।

प्रेस काउन्सिलले विधुतीय संचार माध्यमका रुपमा रहेका रेडियो, टिभी, अनलाइनको वर्गीकरण गर्नको लागि एक समिति नै बनाएर काम शुरु गरेको हो । अहिले रेडियो टेलिभिजनको वर्गीकरण गरिएता पनि त्यसको मापदण्डलाई थप प्रभावकारी बनाउनको लागि समिति बनाई काम शुरु गरेको हो।


हाल सो समितिले प्रारम्भिक मस्यौदा तयार गरि प्रेस काउन्सिल समक्ष पेश गरि सकेको छ । उक्त समितीले तयार गरेको मस्यौदालाई प्रेस काउन्सिलको बैठक पछि छलफलका लागि सरोकारवालाहरु समक्ष लैजाने तयारी गरिएको प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए।

वर्गीकरणका लागि १२ सय निवेदन प्रेस काउन्सिलमा 

हाल संचलानमा रहेका अनलाइनहरुमध्ये १२ सय अनलाइनले वर्गीकरणका लागि नेपाल प्रेस काउन्सिल समक्ष निवेदन दिएका भुसालले साझा सबाललाई बताए । समितिको मस्यौदा, सरोकारवालाहरु संगको छलफल पश्चात हाल निवेदन दिएका अनलाइनहरुको समाचार अपडेट, भिजिटर, अनलाइनको प्रभावकारिता लगाएतका विषय समेटेर वर्गीकरण गर्न सकिने उनले बताए।

विदेशबाट चल्ने अनलाइन नियमन गर्न समस्या 

हाल संचालनमा रहेका केहि अनलाइनहरु विदेशबाट संचालन हुँदा तिनीहरुको अनुगमन गर्न असहजत देखिएको छ । कतिपाए अनलाइनहरुको डिटेल जानकारी नहुने, भएमा पनि आचारसंहिता उल्लंघन गरेको अवस्थामा कसरी कारवाहीको दायरामा ल्याउने भन्ने विषयमा छलफल भई रहेको र छिट्टै निष्कर्षमा पुगिने काउन्सिलका मुख्य अधिकृत भुसालले जानकारी दिए । अनलाइनको वर्गीकरण पश्चात अनलाइन माध्यमलाई पनि अन्य संचार माध्यम सरह सरकारी सुविधा पाउने बाटो खुला हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते