असार १०,काठमाडौँ । उचितमूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १०,काठमाडौँ । उचितमूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओयो अब देखि इसेवामा आवद्ध, उचित मूल्यमा स्तरीय होटल बुकिङ गर्न सकिने

१० असार २०७५, आईतवार १२:३८

असार १०,काठमाडौँ । उचितमूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा आयोजित  एक कार्यक्रमका बीच इसेवाका पे्रसिडेन्ट अस्गर अली र ओयाका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रम पश्चात् इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको छौँ’ । 


यसैगरी ओयोका भाइस प्रेसिडेण्टप्रसुन चौधरीले इसेवासँगको सहकार्यले नेपालमाओयोको विस्तारकालागिनिकै सहजहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘ओयो र इसेवादुबै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अभुतपूर्व सेवा दिन सकिन्छ भन्ने विश्वास भएको हुनाले हामी यो सहकार्यबाट निकै उत्साहित छौँ’ । 

ओयो मार्फत तत्काल काठमाडाँै र पोखराका ३५ बढि होटलका ६ सयवटा रूम इसेवा मार्फत् बुकिङ गर्न सकिन्छ । ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको जनाएको छ । 

ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक”को सुविधा दिइएको छ । 

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त इसेवामाहाल ४६ वटा बैंक सदस्य  रहेका छन् । सन् २००९ बाट कारोबार सुरू गरेको इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवाजोन तथापोइन्ट) रहेका छन् । 

ओयोले २०१७ मे २४ तारिखदेखि नेपालमाआफ्नो सेवाप्रारम्भ गरेको थियो र छोटो अवधिमा काठमाडौं र पोखरामा गरी ३५ वटाभन्दा बढी होटलसँग सहकार्यगरेको छ । सन् २०१३ माआफ्नो सेवाप्रारम्भ गरेको ओयोले भारत, चीन, मलेसिया साथै नेपालमापनि सेवादिदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य