२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले ल्यायो नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता !

२०७५, २९ असार शुक्रबार ११:२८

असार २९, काठमाडौं । सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी जे६ नेपाली बजारमा ल्याएको छ । ठूलो डिस्प्ले एरिया भएको ग्यालेक्सी जे६को इन्फिनिटि डिजाइनका साथमा बजारमा भित्र्याएको हो ।

पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इनडिस्प्ले सहितको विशेषता रहेको यो फोन ग्राहकको रोजाइमा पर्ने कम्पनीले दावी गरेको छ ।

सहजताको लागि फिङ्गर सेन्सर बटनलाई पछाडिको भागमा राखिएको छ । डिस्प्ले हार्डवेरमा गरिएको परिवर्तनले प्रयोगकर्ताहरुलाई विशेष दृश्यको अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।  

ग्यालेक्सी जे६ मा सामसुङको  वेस्ट इनक्लास क्यामरा प्रयोग गरिएको छ । यस क्यामराले जस्तो सुकै अवस्थामा जहाँ पनि आकर्षक सेल्फी खिच्न सक्छ । यसमा १३  मेगा पिक्सलको रियर सुटरको साथ १.९ अपर्चर रहेको छ । 

ग्यालेक्सी जे६ अक्टाकोर प्रोसेसर, ४ जीवीको र्याम र ६४ जीवी रोममा उपलब्ध छ । यसमा एडभान्स मेमोरी म्यानेन्टमेन्ट फिचर पनि रहेको छ । यसमा सामाजिक सञ्जालका विषय वस्तुहरुलाई सीधै मेमोरी कार्डमा सार्न सकिने सुविधा रहेको छ ।  

ग्यालेक्सी जे६मा ३००० एमएएच ब्याट्री रहेको छ भने सबै सेटहरुमा आधुनिक एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । ग्यालेक्सी जे६ ३२जीवीको बजार मूल्य २४ हजार सात साय ९० र ६४जीवीको २९ हजार ९० तोकिएको छ । नीलो, कालो तथा सुनौलो रङ्गमा यो फोन उपलब्ध छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते