२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

४ श्रावण २०७५, शुक्रबार १०:३५

साउन ४, भद्रपुर | झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । 

स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो । 

निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने गाउँपालिकाका सूचना अधिकृत सुमन थापाले जानकारी दिनुभएको छ । 

हाल गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढासम्म यो सेवा लिन सकिने र निकट भविष्यमै वाइफाइको रेञ्ज बढाएर एक किलोमिटर आसपाससम्म पुर्याइने सूचना अधिकृत थापाले बताउनुभयो । 

‘अहिले हामी परीक्षणको चरणमा छाँै’, सूचना अधिकृत थापा भन्नुहुन्छ–“परीक्षण सफल भयो भने गाउँपालिकाका अन्य वडामासमेत यो सेवा विस्तार गर्ने लक्ष्य लिएका छौँ ।” 

उहाँका अनुसार वाइफाइ सेवा २४ घण्टा नै फ्रि भए पनि यसको दुरुपयोग नहोस् भनेर हरेक सेवाग्राहीले ‘कनेक्ट’ गरेको एक घण्टापछि स्वतः ‘डिसकनेन्ट’ हुने व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा