२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमले ल्यायो एफटीटीएच सेवा, तीन महिनासम्म निःशुल्क भ्वाइस सेवा

१८ श्रावण २०७५, शुक्रबार ०८:३७

साउन १८ काठमाण्डौ | नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच फाइवर टु होम सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा संचालनमा ल्याएको छ । कम्पनीले सेवाको आरम्भको अवसरमा साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा भ्वाइस सेवा निःशुल्क गरेको जानकारी दिएको छ । सो भ्वाइस सेवा टेलिकमको नेटवर्क भित्र मात्र लागु हुनेछ |

आइपी वेस प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध गराइने भएको छ।

यसका लागि ग्राहक वर्गलाई नयाँ नम्बर प्रदान गरिने छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको र बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमले जनाएको छ । 

हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, स्वयम्बु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

नेपाल टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथसाथै कम्पनीले एफटीटीएच सेवा वृहत रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले (भ्वाइस, उच्च गतिको इन्टरनेट, भिडियो) सेवाहरु प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुने कम्पनीले दावी गरेको छ ।

ग्राहक माझ सस्तो तथा सुलभ दरमा एफटीटीएच सेवा उपलब्ध गराउनका लागि हाल मनसुन अफर अन्तर्गत  विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा पनि कम्पनीले उपलब्ध गराइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा