२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बिद्युत अभाबमा दार्चुलाको सञ्चारसेवा र बैंङ्किङ कारोबार ठप्प

२०७५, २७ श्रावण आईतवार १७:०५

लोकेन्द्र प्रसाद जोशी | साउन २७, दार्चुला । नेपाल टेलिकम दार्चुलाको ल्याडलाइन, मोबाइल फोन र इन्टरनेट सेवा ठप्प भएको छ । शनिबार रातीदेखी टेलिकम दार्चुलाको स्काई, नमस्ते, एडिएसएल इन्टरनेट लगायत सबै सेवाहरु ठप्प भएको हो । टेलिकमको मालिकार्जुन गाउँपालिका दार्चुलाको बालशिखरस्थित मेन रिपिटर अर्थात मुख्य टावरमा सोलार ब्याट्रि चार्ज नभएर सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

बालशिखरसम्म अहिलेसम्म विद्युतिकरण हुन नसक्दा सोलारको भरमा मेन रिपिटर टावर सञ्चालन हुदै आएको छ । उच्च क्षमताको सोलार पाता र व्याट्रि जडान गरीएको भएपनि घाम नलागेर बर्षातको समयमा पटकपटक सेवा बन्द हुने गरेको छ । गत सोमबार रातीदेखी तिनदिन बन्द भएर सुचारु भएको सञ्चारसेवा तिन दिन चलेर पुनं बन्द भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।


विद्युतीकरण अन्तरगत आर्थिक बर्ष २०७१/७२ सालदेखी उक्त क्षेत्रमा विद्युत पुर्याउन काम भएपनि विद्युत प्राधिकरणले समयमै निर्माण सामाग्री उपलब्ध गराउँन नसक्नु, ठेकेदारको लापरबाहि र गैरजिम्मेवारी पनाका कारण काममा हालसम्मसमेत प्रगति हुन सकेको छैन । चालु आर्थिक बर्षमासमेत टेलिकमको बालशिखर टावरसम्म विद्युतिकरण गर्न काम भएको छ । तर पुरानो काम सम्पन्न नहुँदा बालशिखरसम्म विद्युत लाइन बिस्तार गर्न ढिलाइ भइरहेको नेपाल बिद्युत प्राधिकारण बितरण केन्द्र दार्चुलाले जनाएको छ ।

बालशिखरस्थित रिपिटर टावर सञ्चालन नहँुदा जिल्लाभरीका टेलिफोन टावरहरुले काम गर्न छोडेका छन । सञ्चार र प्रविधिको युगमा सेवा प्रभाबित हुँदा मानिसहरुको दैनिकि प्रभाबित भएको छ । बैकं तथा बित्तिय संस्थाहरु, सञ्चारमाध्यम, सरकारी तथा गैरसरकारी कार्यालय लगायत आम सेवाग्राहिहरुले सञ्चार अभाबमा समस्या भोग्नुपरेको छ ।


सञ्चार र प्रबिधिको युगमा सेवा प्रभाबित हुदा मानिसहरुको दैनिकि कष्टकर बनेको मात्र छैन । धेरै मानिस र कार्यालयका महत्तपुर्ण कामहरुसमेत छुटेकाछन । जिल्लाको टाढाटाढाबाट बैंकिङ कारोबार गर्न हजारौ खर्चेर सदरमुकाम पुगेका सेवाग्राहिहरुको काम हुन सकेको छैन । सञ्चारमाध्यमहरु, सरकारी कार्यालयहरुको दैनिक कामकाज प्रभाबित भएको छ । भने आम सेवाग्राहिहरुले बिबिध समस्याहरुको सामना गर्नुपरेको गुनासो गरेका छन ।

इन्टरनेट, फोनसँगै दार्चुलाको भारतीय विद्युतसमेत बेला बेलामा बन्द हुँदा दार्चुलाबासी नागरिकले समस्या भोगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी