२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङको ग्यालेक्सी नोट ९ मा आगो लागेपछि…

१ आश्विन २०७५, सोमबार ०८:२८

असोज १, काठमाण्डौ | एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी छिन् । साथै उनले ग्यालेक्सी नोट ९ को उत्पादन बन्द गरिनुपर्ने माग गरेकी छिन् । 

सर्वोच्च अदालतमा दर्ता भएको मुद्धाका अनुसार चुङ एक रियल स्टेट एजेन्ट हुन् । गएको सेप्टेम्बर ३ को राति चुङ लिफ्टबाट ओर्लिरहेकी थिइन् । उनको मोबाइल एक्कासि तात्न थाल्यो । त्यसपछि उनले आफ्नो मोबाइल पर्समा राखिन् । एकछिनपछि उनको मोबाइलबाट आवाजका साथै धुवाँ आउन थाल्यो । 

त्यसपछि उनले आफ्नो मोबाइल पर्सबाट निकालिन् । मोबाइल बलिरहेको थियो । मोबाइल फ्याँक्ने क्रममा उनको औँलामा पोलेको थियो । केही समय मोबाइल बलिरह्यो । 

यो घटनापछि सामसुङले ग्यालेक्सी नोट ९ मा यस्तो घटना पहिलो पटक भएको बताएको छ । यो मोडेल लन्च गर्ने बेलामा सामसुङका सीईओले ग्यालेक्सी ९ एकदमै सुरक्षित भएको र ब्याट्रीमा आगो नलाग्ने बताएका थिए । 

यसअघि सामसुङको ग्यालेक्सी नोट ७ मा आगलागी भएको थियो । त्यसपछि सामसुङले बजारमा रहेको ग्यालेक्सी नोट ७ फिर्ता मगाउनु परेको थियो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा