२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि लागु हुने गरि टेलिकमले इन्टरनेटको मूल्य घटायो (सुचिसहित)

२०७५, १ आश्विन सोमबार ०९:५२

असोज १, काठमाडौँ । सरकारी सञ्चार प्रदायक नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटनाएको छ । टेलिकमले यही असोज १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य घटाएको हो ।

यसअघि उलब्ध हुँदै आएको न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको उपलब्ध हुने भएको छ ।

टेलिकमका अनुसार हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वतः ५१२ केबीपीएसमा अपग्रेड हुनेछ । नयाँ महसुल दर पनि त्यही मितिदेखि लागू हुने टेलिकमले जनाएको छ ।

यसका साथै ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रतिएमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको टेलिकमले जनाएको छ । यसमा कर भने जोडिएको छैन ।

त्यसैगरी असोज १ देखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्समा अनलिमिटेड डाटा प्याकेजसहित विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम बेस्ड प्याकेजमा थप कर लाग्ने छ ।

त्यसैगरी ब्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाका लागि यही क्षमताको प्याकेज एक हजार रुपैयाँमा उपलब्ध गराइने भएको छ ।

त्यसैगरी २ एमबीपीएससम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने भएको छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ ।

त्यसैगरी १ वर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

टेलिकमले वाइम्याक्सका लागि आवश्यक डिभाइस यूएसबी डोंगलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराउने भएको छ । यस अनुसार १ वर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने भएको छ । यस अन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइने छ ।

यसैगरी संविधान दिवस २०७५’ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ । असोज १ देखि १५ गतेसम्म करसहित १८ रुपैयाँमा मा त्यो प्याक खरिद गर्न सकिने भएको छ । प्याक खरिद गरेपछि ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते