२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमको दसैं अफर : ६ रुपैयाँमा ३६ एमबी डाटा, अरु के-के छन् ? हेर्नुहोस्

२३ आश्विन २०७५, मंगलवार १२:३२

असोज २३, काठमाडौं । नेपाल टेलिकमले विगतमा झैं यसपटक पनि दसैं अफर सार्वजनिक गरेको छ। टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस र एडीएसएल/एफटीटीएच/वाइम्याक्सतर्फ पनि अफर सार्वजनिक गरको छ।

यस्ता छन् अफर

१. अनलिमिटेड प्याक : यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । रु. ६००।– मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र रु. ३ सयमा समेत उपलब्ध हुनेछ । 

सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम (WOW Time) र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइनेछ । 

२. भ्वाइस प्याक : यस अन्तर्गत रु. ६ मा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

३. डाटा प्याक : यस अन्तर्गत ३६ एमबी डाटा रु. ६ मा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

उपरोक्त अफरहरु यही  असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ । 

अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।   

४. रिचार्जमा बोनस : आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । रु. १०० र २०० को रिचार्ज कार्ड (ERC) वा इलेक्ट्रोनिक रिचार्ज (MPoS) मार्फत रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । रु. १०० र २०० को बोनस ३ दिन भित्र र रु. ५०० र १००० को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । 

५. एडीएसएल/एफटीटीएच/वाइम्याक्स तर्फ

आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा