२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्‍विटर प्रयोगकर्ताहरूका लागि यस्तो नीति ल्याइदै

६ कार्तिक २०७५, मंगलवार १०:४०

एजेन्सी, टि्वटरले आफ्नो यूजर पोलिसी (प्रयोगकर्ताहरूका लागि तयारी पारिएको नीति) मा परिवर्तन गर्ने तयारी गरेको छ। 'टर्म्स एन्ड सर्भिस' उल्लङ्घन गरेर ट्विट गर्ने प्रवृत्ति नियन्त्रण गर्न कम्पनीले प्रयोगका नीतिहरूमा परिवर्तन गर्न लागेको हो।

कतिपय आपत्तिजनक र फेक पोस्टका कारण पछिल्लो समय आलोचित हुने गरेको ट्‍विटरले ती आलोचनाहरूबाट बच्न पछिल्लो कदम चालेको टेकक्रन्च अनलाइनले लेखेको छ।

ट्‍विट गर्दा प्रयोगको नीति उल्लंघन नहोस् भन्नका लागि कम्पनीले पोलिसी परिवर्तनको दीर्घकालीन रणनीति अवलम्वन गरेको ट्‍विटरले जनाएको छ।

टि्वटरको नयाँ पोलिसी अनुसार यदि कुनै पनि ट्‍विटलाई एक वा एकभन्दा बढी प्रयोगकर्ताले रिपोर्ट (उजुरी) गरेका छन् भने कन्पनीले सुरुमा उक्त ट्‍विटले आफ्नो 'पोलिसी गाइडलाइन्स्' उल्लङ्घन गरे/नगरेको जाँच गर्नेछ।

यदि उलङ्घन भएको रहेछ भने उक्त ट्‍विट एउटा म्यासेजसँगै ब्लक हुनेछ अर्थात् रिपोर्ट गरिएको ट्‍विट फलोअरको टाइमलाइनमा देखिनेछैन। ट्विटको ठाउँमा म्यासेज देखिनेछ- 'यो ट्वीट अब उपलब्ध छैन, किनकि यसले टि्वटरका नियमहरू उल्लङ्घन गरेको छ।'

यति मात्र होइन, कम्पनीले ल्याउन लागेको पोलिसीअनासार यदि तपाईँले गरेको ट्विटले रिपोर्ट भई नियम उल्लंघन गरेको पुष्टि भएमा तपाईँले उक्त ट्‍विटमा कुनै पनि एक्सन लिन सक्नुहुने छैन। अर्थात् तपाईँले उक्त ट्वीटलार्इ न डिलिट गर्न सक्नुहुनेछ न त अर्को कुनै ट्‍विट नै गर्न सक्नुहुनेछ।

अझ रोचक कुरा के छ भने टि्वटरले उक्त सन्देश प्रयोगकर्ताको प्रोफाइलको अगाडि १४ दिनसम्म राखिदिनेछ । किनकि अकाउन्ट फलो गर्ने प्रयोगकर्ताले सम्बन्धित व्यक्तिले केही आपत्तिजनक ट्वीट गरेको थियो भनेर थाहा पाउन्।

अर्को कुरा, नियम उल्लंघन गर्ने प्रयोगकर्ताले रिपोर्ट गर्ने प्रयोगकर्तालाई डाइरेक्ट म्यासेज पनि पठाउन सक्नेछैनन्। यतिमात्र होइन, नियम तोड्नेले आफ्नो इनबक्समा च्याट हिस्ट्री पनि देख्न सक्ने छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा