२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङको ग्यालेक्सी ए नाइन एस सार्वजनिक, यस्ता छन् नयाँ फिचर्स

२०७५, ८ कार्तिक बिहीबार ०६:१९

सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गरेको छ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गरेको हो ।

ग्यालेक्सी ए नाइन एस सामसुङको यस्तो पहिलो स्मार्टफोन हुनेछ, जसमा चारवटा रियर क्यामरा हुनेछन् ।

सामसुङले आफ्नो ग्यालेक्सी ए नाइन स्मार्टफोन केही अघि भारतमा लञ्च गरेको थियो ।

यस ग्यालेक्सी ए नाइन एसमा ६.३ इन्चको सुपर एमोलेड स्क्रिन हुनेछ । यसमा १०८० गुणा २२२० पिक्सेल रिजोलुसन रहनेछ ।

स्मार्टफोनमा २.२ गिगाहर्ज अक्टाकोर क्वालकोम स्न्यापड्रागन ६६० प्रोसेसर रहनेछ भने एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टमबाट चल्नेछ ।

कम्पनीले ए नाइन एसका ८ तथा ६ जिबी र्याम भएका दुईवटा मोडेल ल्याउँदैछ । दुबैमा इन्टर्नल स्टोरेज १२८ जिबी छ भने त्यसलाई माइक्रो एसडी कार्डबाट ५१२ जिबीसम्म बढाउन सकिन्छ ।

क्यामराको कुरा गर्दा यसमा निकै नै उत्कृष्ट सेल्फी क्यामरा छ । फ्रन्ट क्यामरा २४ मेगापिक्सेलको छ ।

ब्याक अर्थात् रियर क्यामरा झनै विशेष छ । किनकी मुख्य क्यामरा नै चारवटा रहेका छन् । त्यसमा एउटा २४ मेगापिक्सेल प्राइमरी सेन्सर, दोश्रो १० मेगापिक्सेलको २ गुणा अप्टिकल जूमवाला टेलिफोटो क्यामरा, तेश्रो ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स र चौथो ५ मेगापिक्सेल डेप्थ लेन्सयुक्त क्यामरा रहेका छन् ।

यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट रिडर रहेको छ । यसलाई सुरक्षाको दृष्टिले निकै नै प्रभावकारी मानिएको छ । यसमा ३८०० मिली एम्पियर आवर क्षमताको ब्याट्री छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते