२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक, के-के छन् विशेषता ? (विशेषता र मुल्यसहित)

२० मंसिर २०७५, बिहीबार ०७:५२

मङ्सिर २०, काठमाडौं | नोकिया ब्राण्डको एचएमडी ग्लोबल कम्पनीले नोकिया ८.१ स्मार्टफोन लञ्च गरेको छ ।

नोकिया एक्स सेभेन स्मार्टफोनको ग्लोबल भेरिएन्टको रुपमा यो स्मार्टफोन कम्पनीले ल्याएको हो ।

दुबईमा आयोजित एक विशेष कार्यक्रममा यो नयाँ एन्ड्रोइड स्मार्टफोन लञ्च गरिएको छ ।

नोकिया ८.१ मा ४ जिबीको र्‍याम हुनेछ । यसको मुख्य विशेषता भनेको २० मेगापिक्सेलको सेल्फी क्यामेरा नै हो ।

यसका साथै यो स्मार्टफोनको ब्याट्री क्षमता पनि उच्च रहेको छ ।

डुअल सिमकार्डयुक्त यो फोन एन्ड्रोइड ९.० पाई अपरेटिङ सिस्टमबाट चल्दछ । फोनमा ६.१८ इन्चको फूल एचडी प्लस डिस्प्ले रहेको छ । जसको एस्पेक्ट रेसियो १८:७:९ छ भने स्क्रिन टू बडी रेसियो ८६.५ प्रतिशत रहेको छ ।

यो स्मार्टफोनको डिस्प्लेको माथिल्लो भागमा डिस्प्ले नच रहेको छ भने तल्लो भागमा नोकिया लेखिएको छ । मेटल फ्रेमयुक्त यो स्मार्टफोनमा अक्टाकोर क्वालकोम स्नापड्रागन ७१० प्रोसेसर रहेको छ । यसमा २.५ डी sJ8 ग्लासको प्रयोग गरिएको छ । ६४ जिबी इन्टर्नल स्टोरेजलाई माइक्रो एसडी कार्डमार्फत ४ सय जिबीसम्म बढाउन सकिन्छ ।

यो स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप रहेको छ । कार्ल जाइस अप्टिक्सयुक्त रियर क्यामरामा एउटा १२ मेगापिक्सेलको प्राइमरी क्यामरा छ भने अर्को १३ मेगापिक्सेलको सेकेन्डरी क्यामरा । १२ मेगापिक्सेलको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन, इलेक्ट्रोनिक इमेज स्टाबिलाइजेसन र डुअल एलइडी फ्लास जस्ता फिचर रहेका छन् । १३ मेगापिक्सेलको सेकेन्डरी क्यामरा फिक्स्ड फोकस लेन्सयुक्त रहेको छ ।

यसमा पनि फिक्स्ड फोकस लेन्स रहेको छ ।

यो स्मार्टफोनमा बोथी फिचर रहेको छ । जसका माध्यमबाट एकसाथ अगाडि र पछाडिको क्यामराबाट फोटो खिच्न सकिन्छ ।

नोकिया ८.१ मा युएसबी टाइप सी पोर्टका साथै ३.५ एमएमको हेडफोन ज्याक पनि रहेको छ। यसमा ३५ सय एमएमएचको ब्याट्री छ । यसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ । यसले दुई दिनको ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ ।

यो स्मार्टफोनको वजन १७८ ग्राम रहेको छ । यसको लम्बाई १५४.८ मिलिमिटर लम्बाइ, ७५.७६ मिमि चौडाई र ७.९७ मिलिमिटर मोटाई रहेको छ ।

लञ्च गरिएको मोबाइलको मूल्य ५१ हजार नेपाली रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो