२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु, नेपाल कति औं नम्बरमा ? हेर्नुहोस्

५ पुष २०७५, बिहीबार ०७:१५

विश्वको इन्टरनेट स्पिड पछिल्लो समयमा वृद्धि हुँदै गएको रिपोर्टले देखाएको छ । स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१८ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड स्पिडमा वृद्धि भैरहेको देखाएको हो ।

स्पिडटेष्ट इन्टेलिजेन्स नामक डाटा प्लाटफर्ममा सन् २०१७ को डिसेम्बरदेखि नोभेम्बर २०१८ सम्मका इन्टरनेट डाटाको विश्लेषणका आधारमा विश्वका मुलुकहरुको इन्टरनेट गतिको सूची पनि जारी गरिएको छ ।

रिपोर्ट अनुसार सन् २०१८ मा विश्वमा मोबाइल इन्टरनेट स्पिडमा औषतमा १५ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१८ मा विश्वको मोबाइल इन्टरनेट डाउनलोड स्पिड २२.८२ एमबीपीएसमा १५.२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मोबाइल अपलोड स्पिडमा ९.१९ एमबीपीएसमा ११.६ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्ट अनुसार आइओएस डिभाइसको इन्टरनेट स्पिड एन्ड्रोइड डिभाइसमा बढी रहेको छ । यसको एउटा मुख्य कारण एप्पल डिभाइसहरु उच्च गतिको इन्टरनेट स्पिड रहेका मुलुकहरुमा बढी हुनु र एन्ड्रोइड स्मार्टफोनहरु विकासोन्मुख देशहरुमा समेत बढी प्रयोग रहनु समेत हुनसक्छ । यद्यपि, एन्ड्रोइड डिभाइसको डाउनलोड स्पिडमा १९ प्रतिशतले र अपलोड स्पिडमा १५.१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै सन् २०१८ मा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पिडमा मोबाइल इन्टरनेट स्पिडको वृद्धिदर भन्दा दोब्बरले बढेको छ ।

विश्वको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड गतवर्ष ४६.१२ एमबीपीएस रहेकोमा यो वर्ष २६.४ प्रतिशतले बढेको छ भने अपलोड स्पिड २२.४४ रहेकोमा २६.५ प्रतिशतले वृद्धि भएको छ |

सबैभन्दा तिव्र गतिको मोबाइल इन्टरनेट भएका ५ मुलुक

नर्वे: ६३.१९ एमबीपीएस

आइसल्याण्ड: ५८.६८ एमबीपीएस

कतार: ५५.१७ एमबीपीएस

सिंगापुर: ५४.७१ एमबीपीएस

नेदरल्याण्ड: ५३.४२ एमबीपीएस

सबैभन्दा उच्च गतिको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट भएका ५ देशहरु

सिंगापुर: १७५.१३ एमबीपीएस

आइसल्याण्ड: १५३.०३ एमबीपीएस

हंगकंग: १३८.३१ एमबीपीएस

दक्षिण कोरियाः ११४.६७ एमबीपीएस

रोमानिया: १०९.९० एमबीपीएस

स्पिड टेष्ट इन्डेक्स अनुसार सन् २०१८ मा नेपालको मोबाइल इन्टरनेट स्पिडमा सुधार भएको छ भने फिक्स्ड नेटवर्कमा अवस्था अघिल्लो वर्षकै जस्तो रहेको छ ।

मोबाइल इन्टरनेट स्पिडमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा १ स्थानले सुधार हुँदै १ सय १६ औँ अवस्थामा छ ।

त्यस्तै फिक्स्ड इन्टरनेटमा नेपाल ८९ औँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड इन्टरनेटको स्पिड १६.६६ एमबीपीएस रहेको छ भने मोबाइल इन्टरनेट स्पिड ८.८८ एमबीपीएस रहेको रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुसार विश्वको सबैभन्दा कमजोर मोबाइल इन्टरनेट ताजिकिस्तानको रहेको छ भने सबैभन्दा कमजोर फिक्स्ड इन्टरनेट अल्जेरियाको रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो