२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब मोबाइलमा नेपाली टाइप गर्न नेपाली पात्रोको नेपाली किबोर्ड

६ पुष २०७५, शुक्रबार ०६:२४

पुस ६, काठमाडौं | केही पहिलेसम्म अंग्रेजीमा लेख्न नसके पनि रोमनमा फेसबुकमा स्टाटस लेख्नेहरु निकै धेरै थिए । तर, अब फेसबुकजस्ता सामाजिक सन्जाल तथा मेसेन्जरहरुमा देवनागरी लिपीमा नै आफ्ना स्टाटस तथा सन्देश लेख्नेहरु बढेका छन् । यस्तो सम्भव मोबाइलको किबोर्डलाई नेपाली युनिकोडमा लेख्न सक्ने बनाउने सफ्टवेयरहरुका कारण भएको हो ।


त्यस्तै एउटा सफ्टवेयर हो, नेपाली किबोर्ड ।

वर्षौंदेखि नेपाली पात्रो एप सन्चालन गरेर नेपालीहरुलाई तिथीमिति बुझ्न तथा दैनिक विभिन्न जानकारी दिएर सफलताको पाइला अगाडि बढिरहेको टिमले नै यो नेपाली किबोर्ड एप सुरु गरेको हो ।

नेपाली पात्रोले यो किबोर्ड प्रयोगकर्तालाई अझ सहज होस् भन्ने हेतुले विकास गरेको र एपस्टोरहरुमा राखेको हो । 

अन्य किबोर्डभन्दा धेरै सहज भएको, अन्य किबोर्डमा भन्दा धेरै इमोजी राखेको र नेपाली प्रयोगकर्ताको चाहना तथा आवश्यकतालाई विशेष ध्यानमा राखेकाले यो किबोर्ड अन्य किबोर्डभन्दा धेरै सहज हुने निर्मार्ताको दाबी छ । हुन पनि नेपाली किबोर्डमा टाइप गर्दा सहजै आफूले टाइप गर्न खोजेका शब्दहरुको सुझाव छान्न सकिन्छ, किबोर्डलाई नेपाली र अंग्रेजीमा बदल्न पनि सहज छ । अझ यसमा अत्यन्त धेरै इमोजीहरु पनि छन् ।

यो एपमा रोमानाइज्ड तथा अन्य नेपाली फन्टमा टाइप गरिरहेकाहरुलाई पनि सहज बनाउन दुवै किसिमले नेपालीमा लेख्न सकिने बनाइएको छ । यसको अर्थ रोमनमा लेखेर पनि यो एपबाट नेपाली युनिकोडमा लेख्न सकिन्छ । अझ यसअघि नेपाली टाइप जानिसकेकालाई पनि यो एप सहज छ ।

सामाजिक सन्जालको सन्चालनमा मात्र होइन, किबोर्डको फ्लेक्जिबिलिटीले यसलाई कार्यालयका अनेक काममा पनि प्रयोग गर्न सकिन्छ । जे होस्, मोबाइलबाट कसैलाई आफ्नै भाषा नेपालीमा लेख्न मन छ भने यो एप डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

अत्याधुनिक, भरपर्दो तथा सहज भएकैले हुनुपर्छ, नेपाली किबोर्ड रिलिज भएको केही समयमा नै धेरै नेपाली प्रयाेगकर्ताले यसको प्रयोग गर्न थालिसकेका छन् । ‘हामी उत्साहित छौँ, हामीले सबैलाई सहज होस् भन्ने ध्येयले बनाएको यो एप अहिले धेरैले प्रयोग गरिरहनु भएको छ,’ नेपाली पात्रो समूहका एक डेभलपर भन्छन्, ‘मोबाइल बोक्ने र नेपालीमै सन्देश पठाउन, सामाजिक सन्जाल चलाउन तथा विभिन्न कामहरु गर्न चाहनेका लागि यो निकै उपयोगी छ ।’ 

नेपाली पात्रो टिमले चाहिँ यो नेपाली किबोर्डमा थप सुविधा तथा फिचरहरु थप्दै जाने र यसको विकास गर्दै जाने बताएको छ ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले तथा आइओएस प्रयाेगकर्ताले यहाँ क्लिक गरेर नेपाली किबाेर्ड प्रयाेग गर्न सक्नेछन् ।

यो एप तपाइको मोबाइलमा पनि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य