२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा भाइरस आक्रमण बढ्दै, तपाईको अकाउन्ट सुरक्षित छ कि छैन ? यसरी थाहा पाउनुस्

२०७५, ७ पुष शनिबार ०७:४९

पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा फसिरहेको सोसल मिडिया प्लेटफर्म फेसबुकको सुरक्षा संकट झनै गहिरिएको छ ।

पछिल्लोपटक फेसबुकमा भाइरस आक्रमण भएको र त्यसका कारण ६८ लाख प्रयोगकर्ताका तस्वीरहरु असुरक्षित बनेको बताइएको छ ।

फोटो बगले थर्ड पार्टी एपको सहयोगमा प्रयोगकर्ताले अपलोड गरेका तर पोष्ट नगरेका तस्वीरहरु एक्सपोज गरिदिएको छ ।

फेसबुकका अनुसार सोसल मिडियामा दुई हप्तासम्म यस्तो बग देखा परेको हो । सेप्टेम्बर १३ मा फेसबुकमा छिरेको उक्त भाइरस सेप्टेम्बर २५ सम्म रहेको थियो । उक्त एपीआई बगले थर्ड पार्टी एपहरुलाई प्रयोगकर्ताका फोटोमा पहुँच उपलब्ध गराइदिएको छ ।

प्रयोगकर्ताले आफ्नो फेसबुक फोटोमाथि बगको आक्रमण भए–नभएको भनेर जाँच गर्न सक्दछन् । फेसबुकले एउटा पेजको सिर्जना गरेको छ, जहाँ गएर प्रयोगकर्ताले आफ्नो फोटो एक्स्पोज भए नभएको पत्ता लगाउन सक्दछन् ।

यसका लागि प्रयोगकर्ताले फेसबुकको यो पेजमा गएर आफ्नो अकाउन्ट डिटेल दिनुपर्दछ ।

त्यहाँ गएर लगइन क्लिक गरी आफ्नो इमेल आइडी र पासवर्ड हाल्नु पर्दछ । त्यसपछि आफ्नो फेसबुकका फोटोमाथि बगको आक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ । पेजको तल्लोपट्टि रहेको बक्सले फेसबुक अकाउन्ट प्रभावित भए नभएको बताउँदछन ।

भाइरस आक्रमण नभएको अकाउन्टमा यस्तो सन्देश देखा पर्दछः Your Facebook account has not been affected by this issue and the apps you use did not have access to your other photos .

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते