२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् विश्वमै सबैभन्दा धेरै बिक्री भएका १० मोबाइल फोन (हेर्नुहोस्)

२०७५, १० पुष मंगलवार ०७:०८

विश्वमा मोबाइल फोनको प्रयोग भएदेखि यता अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन कुन होला ? सामसुङ र एप्पलका पछिल्ला मोडेलका चर्चित स्मार्टफोन दुनियामा सबैभन्दा धेरै बिकेका मोबाइल फोन हुन् भन्ने तपाईंले सोच्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको सूचीमा टप टेनसम्म सामसुङको ग्यालेक्सी एस वा नोट सिरिज र नयाँ आइफोनका मोडेल कुनै पर्दैनन् ।

आखिर विश्वमा अहिलेसम्म धेरै बिक्री भएका मोबाइल फोन कुन् हुन् त ? टपटेन सूची यस्तो छः

१. नोकिया ११००: नोकियाको ११०० मोडेलको यो मोबाइल फोन विश्वको मोबाइल फोनको इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन हो । सन् २००३ मा लञ्च भएको यो मोबाइल फोन अहिलेसम्म २५ करोड भन्दा धेरै बिक्री भएको छ ।

२. नोकिया १११०: विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोनको दोस्रो नम्बरमा नोकियाको १११० मोडेलको मोबाइल फोन रहेको छ । त्यो फोनमा न त क्यामरा थियो, न त कुनै फेन्सी डिजाइन । तर पनि यो फोन झण्डै २५ करोडको हाराहारीमा बिक्री भइसकेको छ ।

३. आइफोन सिक्स र सिक्स प्लसः आइफोनको सिक्स सिरिजका यी दुई स्मार्टफोन विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन हुन् । आइफोन सिक्स र सिक्स प्लस अहिलेसम्म २२ करोड गोटाभन्दा धेरै बिक्री भैसकेका छन् । सन् २०१४ मा आइफोन सिक्स र सिक्स प्लस एप्पलले लञ्च गरेको थियो ।

४. नोकिया ३२१०: नोकियाको ३२१० मोडेलको मोबाइल फोन सन् १९९९ मा लञ्च भएको थियो । त्यस समयमा फोनको प्रयोग केवल कल गर्न र मेसेज पठाउन मात्र हुन्थ्यो । मजबुत तथा विभिन्न रङका उपलब्ध नोकिया ३२१० निकै लोकप्रिय र सफल भयो । नोकिया ३२१० अहिलेसम्म १५ करोडभन्दा बढी बिक्री भैसकेको छ ।

५. नोकिया १२००: नोकिया १२०० को सबैभन्दा महत्वपूर्ण फिचर भनेको यसको ब्याट्री लाइफ नै थियो । यस फोनको टकटाइम ७ घण्टा तथा स्टाण्डबाई टाइम ३९० घण्टा थियो । उक्त फोनमा फ्लास लाइट पनि उपलब्ध थियो । सन् २००३ मा लञ्च भएको यो मोबाइल फोन पनि १५ करोडको हाराहारीमा बिकेको थियो ।

६. नोकिया ६६००: उक्त फोनको डिजाइनले नै यसलाई विशेष बनाएको थियो । सन् २००३ मा सार्वजनिक भएको यो फोन त्यसबेलाको महंगो फोन थियो । तर पनि नोकिया ६६०० झण्डै १५ करोडको हाराहारीमा बिक्री भयो ।

७. नोकिया ५२३०: नोकियाको ५२३० पहिलो स्मार्टफोन पनि हो । ३.२ इन्चको टचस्क्रिन भएको उक्त मोबाइल फोनमा २ मेगापिक्सेलको क्यामरा तथा १२८ एमबीको र्याम थियो । नोकिया ५२३० पनि १५ करोड गोटा बिकेको थियो ।

८. सामसुङ इ ११००: यो मोबाइल फोन सन् २००९ मा लञ्च भएको थियो । १.५२ इन्चको डिस्प्ले रहेको उक्त फोनमा १ एमबी इन्टरनल स्टोरेज थियो । निकै बलियो हुनुका साथै ब्याट्री लाइफसमेत बढी भएको यो मोबाइल फोन पनि झण्डै १५ करोड गोटा बिकेको थियो ।

९. नोकिया २६००: सन् २००४ मा नोकियाले ल्याएको यो मोबाइल फोनमा डेढ इन्चको डिस्प्ले थियो । निकै सुन्दर तथा बलियो बडी रहेको उक्त मोबाइल फोनको मूल्य पनि सस्तो भएको हुनाले निकै लोकप्रिय बन्यो । उक्त फोन झण्डै साढे १३ करोड गोटा बिकेको थियो ।

१०. मोटोरोला रेजर भी थ्री: यो सबैभन्दा धेरै बिक्रि भएको पट्याउन मिल्ने फ्लिप फोन हो । आफ्नो समयमा यो आइकन नै थियो । यो फोन पनि १३ करोड भन्दा धेरै बिकेको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते