२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यी स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

२०७५, १८ पुष बुधबार १०:१७

मेसेजिङ एप ह्वाट्सएपले विभिन्न पुराना मोडलका स्मार्टफोनमा आफ्नो सफ्टवेयर अपडेट सपोर्ट बन्द गरेको छ ।

नोकिया एस ४० अपरेटिङ सिस्टमका लागि ह्वाट्सएपले पूर्णरुपमा सपोर्ट बन्द गरेको छ । कतिपय पुराना अपरेटिंग सिस्टमका स्मार्टफोनमा भने सपोर्ट जारी राखेको छ ।

यी हुन् ह्वाट्सएप नचल्ने नयाँ स्मार्टफोन

१. नोकिया एस ४० अपरेटिङ सिस्टमबाट चल्ने सबै खालका स्मार्टफोन: नोकिया ब्राण्डका एस ४० अपरेटिंग सिस्टमबाट चल्ने कुनै पनि स्मार्टफोनमा अब ह्वाट्सएप चल्ने छैन । त्यसमा आशा सिरिजका Nokia Asha 201, Nokia Asha 500, Nokia Asha 501, Nokia Asha 502, Nokia Asha 205, Nokia Asha 210, Nokia Asha 230, Nokia 208, Nokia 301, Nokia Asha 503, Nokia 515 /Nokia 206 मोडलका फोन रहेका छन् । त्यस्तै नोकिया Symbian  एस ६० प्लाटफर्ममा पनि अब ह्वाट्सएप चल्नेछैन ।

२. एन्ड्रोइड भर्सन २.३.७ भन्दा अगाडिका अपरेटिंग सिस्टम: २.३.७ एन्ड्रोइडभन्दा अगाडिका स्मार्टफोनमा अब नयाँ ह्वाट्सएप अकाउन्ट खोल्न सकिने छैन । साथै पुरानो अकाउन्ट पनि रि भेरिफिकेसन हुनेछैन । यद्यपि, २.३.७ एन्ड्रोइड स्मार्टफोनमा सन् २०२० को फेब्रुअरी १ सम्म ह्वाट्सएप चल्नेछ ।

३. एप्पलको आइओएस सेभेनमा पनि यहीँ लागू हुनेछ । आइओएस सेभेनयुक्त एप्पल डिभाइस्मा अब न त ह्वाट्सएपको नयाँ अकाउन्ट खोल्न सकिनेछ, न त पुरानो अकाउन्ट रि भेरिफाई गर्न सकिनेछ ।

४. एन्ड्रोइड भर्सन २.३.३, २.१ (इक्लेयर) तथा एन्ड्रोइड २.२ (फ्रोयो) मा पनि ह्वाट्सएप चल्नेछैन ।

५. त्यस्तै आइओएस सिक्स तथा आइफोन थ्री जिएसमा भने यसअघि नै ह्वाट्सएप सपोर्ट बन्द भइसकेको छ ।

६. त्यस्तै ब्लाकबेरी अपरेटिंग सिस्टम तथा ब्लाकबेरी टेनमा पनि ह्वाट्सएप चल्ने छैन । यद्यपि, PRIV, DTEK50, KEYone तथा KEY2 का ब्लाकबेरी फोनमा चाहिँ ह्वाट्सएप चल्नेछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते