२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड बजारमा, कति पर्छ मूल्य ? हेर्नुहोस्

२०७५, २७ पुष शुक्रबार १०:२८

अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो २०१९ मा कम्पनी Lexar ले दुनियाका अन्य चर्चित तथा प्रतिस्पर्धी कम्पनीहरुलाई चुनौती दिएको छ ।

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । मेमोरी कार्डको बजारमा प्रायः सानडिस्क, किंग्स्टन, वेस्टर्न डिजिटल लगायतका ब्राण्डहरुले प्रभुत्व जमाइरहेको अवस्थामा उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट क्षमता भएको मेमोरी कार्ड बजारमा ल्याएको हो  ।

यो समाचार प्रतिस्पर्धी ब्राण्ड सान डिस्कका लागि धक्का हुनसक्दछ । सान डिस्कले गत वर्ष १ टिबीको पेन ड्राइभ ल्याएको थियो भने यो वर्ष विश्वकै पहिलो ४ टिबी क्षमताको पेन ड्राइभ ल्याएको छ । तर एस डी कार्डतर्फ भने यसले १ टिबी पूराउन सकेको थिएन ।

Lexar को हजार जिबीको मेमोरी कार्डको मूल्य ४ सय ९९ डलर ९९ सेन्ट तोकिएको छ । अमेरिकी बजारमा यो मेमोरी कार्ड उपलब्ध भैकसेको छ ।

स्मरण रहोस् लेक्सारले १५ वर्षअघि १ जिबी क्षमताको मेमोरी कार्ड ल्याएको थियो । यो १५ वर्षमा उसले मेमोरी कार्डको क्षमता १ हजार गुणाले बढाउन सफल भएको छ ।

ठूलो परिमाणमा हाइ रिजोलुसन तस्वीर तथा फोर के भिडियो खिच्ने हरुका लागि यो मेमोरी कार्ड निकै उपयोगी हुने विश्वास गरिएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते