२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेक न्यूज तथा अफवाह हटाउन फेसबुकले चल्यो यस्तो कदम

२०७५, २९ पुष आईतवार ११:४९

फेक न्यूज तथा अफवाह हटाउन फेसबुकले कदम अगाडी बढाएको छ ।

बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो ।

समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट चेकिङ्गको कारवाही सुरु गर्नेछ ।

यसअघि द गार्जियनमा एउटा खबर छापिएको थियो, जसमा फेसबुकले यस्तो सहकार्यमार्फत् सोसल नेटवर्कमा आउने सामग्रीको सत्यताको तथ्य जाँच र समीक्षा गर्ने उल्लेख गरिएको छ । तथ्य जाँचकीको टोलीले फेसबुकमा भाइरल हुने तस्वीर, भिडियो तथा तथ्यहरुको जाँच गर्नेछ र त्यस्ता सामाग्रीहरु झूट तथा अफवाह भए नभएको पत्ता लगाउनेछ ।

यसरी जाँच हुँदा कुनै पनि पोष्टहरु अफवाह तथा झूटो भएको पाइएमा त्यसबारेमा सम्बन्धित फेसबुक प्रयोगकर्तालाई जानकारी गराइनेछ । यद्यपि, फेसबुक प्रयोगकर्तालाई त्यस्ता सामग्री पढ्ने तथा शेयर गर्नबाट रोक्ने प्रणाली भने फेसबुकले बनाउने छैन ।

यद्यपि, फेसबुकको न्यूजफिड एल्गोरिदमले पनि फेक सामग्रीहरुलाई धेरै प्रयोगकर्तासम्म पुग्नबाट रोक्ने गर्दछ । फ्याक्ट चेकिंग लामो काम हो र यसका लागि जाँचकीहरुको टोलीले आफ्नो स्तरबाट काम सुरु गरिसकेको बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते