२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस अप्रिल २ देखि बन्द हुँदै

१८ माघ २०७५, शुक्रबार ०९:०४

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द हुने भएको छ | गुगल प्लसले प्लाटफर्म बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ ।

गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द हुनेछ ।

झण्डै ५ करोडभन्दा बढी प्रयोगकर्ताका डाटा चोरी भएको खबर सार्वजनिक भएसँगै गुगलले गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो । कम्पनीले अगष्टमा गुगल प्लस बन्द गर्ने निर्णय गरेको थियो । तर सेक्योरिटीका कारण अप्रिलमै यसलाई बन्द गरिँदैछ ।

एक अफिशियल पोष्टमा कम्पनीले भनेको छ, ‘तपाईंले गुगल प्लसमा खोल्नुभएको कुनै पनि पेज अप्रिल २ देखि बन्द हुनेछ । प्रयोगकर्ताको गुगल प्लस अकाउन्टबाट हामी डाटाहरु डिलिट गर्न सुरु गर्नेछौँ । गुगल प्लसका एल्बम आर्काइभबाट पनि तपाईंका फोटो तथा भिडियोका साथै यसका सम्पूर्ण पेज डिलिट गरिनेछ । तपाईंले अप्रिल अघि नै आफ्ना सामाग्रीहरु डाउनलोड गरेर सुरक्षित राख्न सक्नुहुन्छ । तपाईंले गुगल फोटोज एपमा ब्याकअप राखेका फोटो वा भिडियो डिलिट हुने छैनन् ।’

गुगलका अनुसार फेब्रुअरी ४ देखि नै गुगल प्लसमा कुने नयाँ अकाउन्ट खोल्न सकिने छैन । गुगल प्लसको साइन इन बटनलाई गुगल साइन इन बटनले रिप्लेस गरिनेछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य