२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले लन्च गर्यो ‘अनसेन्ड’ फीचर, यसरी गर्न सकिन्छ उपयोग

२०७५, २४ माघ बिहीबार ०६:५७

माघ २४, काठमाडौँ | सामाजिक संजाल फेसबुक (Facebook) ले आफ्नो म्यासेजिङ  एप म्यासेन्जर (Facebook Messenger) को लागि 'अनसेन्ड' (Unsend) फीचर जारी गरेको छ, जसले प्रयोगकर्तालाई च्याट लेखेको १० मिनेटभीत्र डीलेट गर्न दिने सुविधा दिएको छ | 

द वर्ज को रिपोर्ट अनुसार यो सुविधा फेसबुकको आईओएस (IOS) र एन्ड्रइड (Android) मा उपलब्ध गराइएको छ | यसका साथै म्यासेन्जरको नयाँ भर्सनमा केहि नयाँ फीचर पनि उपलब्ध गराइएको छ | कम्पनीले भनेको छ कि नयाँ क्षमता जुकरबर्ग (Mark Zuckerberg) को शक्तिमा आधारित छ, तर म्यासेन्जरमा मानिसको सुविधाको लागि केहि सुधार गरिएको छ | 

म्यासेन्जरमा आफुले लेखेको कुनै कुरा कुनै कारणले हटाउनु परेमा यो फिचर प्रयोग हुन्छ | यस अघि झुक्किएर वा कुनै कारण कसैलाई पठाइएको म्यासेज डिलेट गर्न नमिल्ने अवस्था थियो अब  भने यो नयाँ सुविधाले प्रयोगकर्तालाई कुनै कुरा लेखिसकेपछी डिलेट गर्न सुविधा मिलेको छ | यो फिचर ह्वाट्सएप (WhatsApp) को अनसेन्ड फीचर (Unsend Feature) जस्तै हो | यो सुविधाबाट  प्रयोगकर्तालाई दुई विकल्प मिल्छ | पहिलो आफुले लेखेको म्यासेज 'रिमूभ फर एभ्रिवन' (Remove For Everyone) र दोश्रो 'रिमूभ फर यू (Remove For You), यसको मतलब पहिलो बिकल्पले आफुले कसैलाई लेखेको म्यासेज आफूले हेर्न नमिल्ने बनाउन पनि सकिन्छ वा पठाइएको व्यक्ति वा सिंगो ग्रुपले समेत नहेर्न पनि मिल्छ | 


फेसबुकको स्वामित्वमा रहेको फोटो-म्यासेजिङ एप इन्स्टाग्राम (Instagram) ले पहिले देखिनै 'अनसेन्ड' क्षमताको सपोर्ट गर्दै आएको र प्रयोगकर्तालाई पर्सनल वा ग्रुप च्याटमा पठाइएको म्यासेजहरु डिलिट गर्ने सुविधा दिएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते