२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेट फास्ट बनाउन एल्मुनियम फोइलको प्रयोग कति सही ? जान्नुहोस्

७ फाल्गुन २०७५, मंगलवार ०९:५९

घरमा वाइफाईको राम्रो सिग्नलका लागि एल्मुनियम फोइल प्रयोग गर्न सकिन्छ किनभने यो मिथ अब लोकप्रिय भइरहेको छ ।

युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताका अनुसार राउटरको एन्टिनाको चारैतिर एल्मुनियम फोइल लगाउँदा वाइफाईको सिग्नल राम्रो हुनसक्छ । साथै नेटवर्कको बाधालाई पनि कम गर्छ र तपाईंको कनेक्शनलाई पनि सुरक्षा दिने गर्दछ ।

घरमा राउटरको एन्टिना सबै दिशाका लागि हुन्छ अर्थात् सिग्नल छरिएको हुन्छ ।


डार्टमाउथ इन्जिनियर भन्छन्, ‘राउटरमा एल्मुनियम फोइलको प्रयोग गर्दा यसले घरमा वायरलेस संरचनाको क्षमता विकास गर्छ किनभने यसले घरको इन्टेरियर डिजाइन, विभाजन र अन्य बाधाहरुको प्रभावलाई कम गर्ने गर्छ । ’

एल्मुनियम फोइल लगाउँदा सिग्नल एक दिशामा काम गर्न थाल्छ ।

त्यसकारण राउटरमा एल्मुनियम फोइल यसरी लगाउनुहोस् कि त्यो कोठातर्फ नै इंगित होस् ।

यद्यपी, दोस्रो कोठामा यसको सिग्नल आउँदैन तर तपाईंले चाहेको ठाउँमा भने पक्कै आउनेछ ।

केही स्थानमा सिग्नल रोक्नुको फाइदा पनि छ जस्तै यसलाई सिसातर्फ जानबाट रोक्न सकिन्छ ता कि सिग्नल फिर्ता नहोस् र तपाईंको कनेक्शनले प्रभावकारी ढङ्गले काम गर्न सकोस् ।

सिग्नललाई दिशा दिँदा बाधा त कम हुन्छ नै यसले तपाईंको वाइफाईलाई सुरक्षा पनि दिन्छ ।

एल्मुनियम कभरेजमार्फत सिग्नललाई ती मानिससम्म पुग्न दिँदैन जसले तपाईंको वाइफाई चोर्न चाहन्छन् वा कुनै साइबर हमलाबाट तपाईंको कनेक्शन चोरी गर्न चाहन्छन् ।

डार्टमाउथ शोधकर्ताले यो घरेलु तरिकालाई अर्को स्तरसम्म पुर्याएका छन् । उनीहरुले थ्री डी मोडल प्रिन्ट सिस्टम बनाएका छन् जसले तपाईंको सिग्नलाइए त्यही इंगित गर्छ जहाँ तपाईं चाहनुहुन्छ । थ्रीडी प्लास्टिक प्रिन्टलाई एल्मुनियम फोइल लगाएपछि यो तयार हुन्छ ।

सुन्दा साधारण लाग्छ तब हामीमध्ये धेरैसँग थ्रीडी प्रिन्टर हुँदैन । त्यसकारण धैर्य र रचनात्मकता साथ धेरै खर्च नगरी हामीले आफै एल्मुनियम प्यानल बनाउन सक्छौं र सिग्नलको समस्या समाप्त गर्न सक्छौं । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य