२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नयाँ आइफोनबाट अन्य डिभाइस पनि चार्ज गर्न सकिने

२०७५, ७ फाल्गुन मंगलवार १०:२५

फागुन ७, काठमाडौं । एप्पलले गत वर्ष ल्याएको स्क्रिन साइजमा नयाँ आइफोन ल्याउने तयारी गरेको छ । हालै एप्पलको बारेमा विश्लेषण गर्ने मिंग ची कुओले इन्भेष्टरहरुलाई पठाएको जानकारीअनुसार एप्पलले यो वर्ष नयाँ आइप्याड, नयाँ १६ इन्चको म्याकबुक प्रो, ३१ इन्चको ६के मनिटर र आइफोनहरु ल्याउने छ ।

कुओकाअनुसार सन् २०१९ मा पनि कम्पनीले ६.५ इन्च, ५.८ इन्च र ६.१ इन्चको आइफोनहरु ल्याउनेछ जसमा यूएसबी टाइप सीको साटो लाइटिंग कनेक्सन राखिनेछ ।

त्यसैगरि नयाँ आइफोनहरुमा इन्डोरमा प्रयोग गर्न र नेभिगेसनका लागि अल्ट्रा वाइड ब्याण्ड कनेक्टिभिटी प्रयोगका लागि आवश्यक प्रविधि राखिएको हुनेछ । यी आइफोनहरुमा अन्य डिभाइसहरु पनि आइफोनबाटै चार्ज गर्न सकिने गरि बाइल्याटर वायरलेस चार्जिंगको सुविधा, अपग्रेड फेसआईडी फेसआइडी, ठूलो ब्याट्रीहरु, र ट्रिपल क्यामरा डिजाइनलगायतका फीचरहरु हुन्छन् ।

आइप्याडतर्फ भने कुओकाअनुसार एप्पलले दुई किसिमका नयाँ आइप्याड प्रोहरु ल्याउने छ । जसमा हालको ९.७ इन्चको आइप्याडहरुको स्क्रिन बढाउँदै १०.२ इन्चको हुनेछ । त्यस्तै नयाँ आइप्याड मिनी पनि नयाँ आइप्याडको रुपमा रहेको छ ।

कुओले जारी गरेको इन्भेष्टर नोटमा म्याक लाइनअपको बारेमा पनि उलेख छ, जसमा उनले नयाँ म्याकबुक प्रो ल्याउनेछ जसमा १६ इन्च र १६.५ इन्चको पुरै नयाँ डिजाइनमा ल्याउनेछ । कुओकाअनुसार एप्पल फेरी ३१.६ इन्चको सिक्स के थ्री के मनिटरसहित डिस्प्ले बजारमा आउनेछ । र यी डिस्प्लेहरु मिनी एलईडी जस्तै ब्याकलाइट डिजाइनमा आउनेछ ।

नयाँ आउने म्याकबुक प्रोमा र्याम क्षमता पनि बढ्नेछ । १३ इन्चको म्याकबुक प्रोमा संभवत ३२ जीबी र्याम अप्सन पनि हुनसक्नेछ, हाल यसमा १६ जीबी र्याम र १५ इन्चको म्याकबुक प्रोमा ३२ जीबी सपोर्ट रहेको छ ।

एप्पलले यो वर्ष ल्याउने एप्पल वाचको इसिजी फंगसनलाई थप देशहरुमा पनि बिस्तार गर्नेछ भने नयाँ सेरामिक केसिंग डिजाइन पनि हुनेछ ।

यसका साथमा एप्पलले एयरपोड्स २ मा वायरलेस चार्जिंग सर्पोट हुनेछ भने ब्लूटूथ कनेक्टिभिटी राखिनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते