२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नयाँ आइफोनबाट अन्य डिभाइस पनि चार्ज गर्न सकिने

७ फाल्गुन २०७५, मंगलवार १०:२५

फागुन ७, काठमाडौं । एप्पलले गत वर्ष ल्याएको स्क्रिन साइजमा नयाँ आइफोन ल्याउने तयारी गरेको छ । हालै एप्पलको बारेमा विश्लेषण गर्ने मिंग ची कुओले इन्भेष्टरहरुलाई पठाएको जानकारीअनुसार एप्पलले यो वर्ष नयाँ आइप्याड, नयाँ १६ इन्चको म्याकबुक प्रो, ३१ इन्चको ६के मनिटर र आइफोनहरु ल्याउने छ ।

कुओकाअनुसार सन् २०१९ मा पनि कम्पनीले ६.५ इन्च, ५.८ इन्च र ६.१ इन्चको आइफोनहरु ल्याउनेछ जसमा यूएसबी टाइप सीको साटो लाइटिंग कनेक्सन राखिनेछ ।

त्यसैगरि नयाँ आइफोनहरुमा इन्डोरमा प्रयोग गर्न र नेभिगेसनका लागि अल्ट्रा वाइड ब्याण्ड कनेक्टिभिटी प्रयोगका लागि आवश्यक प्रविधि राखिएको हुनेछ । यी आइफोनहरुमा अन्य डिभाइसहरु पनि आइफोनबाटै चार्ज गर्न सकिने गरि बाइल्याटर वायरलेस चार्जिंगको सुविधा, अपग्रेड फेसआईडी फेसआइडी, ठूलो ब्याट्रीहरु, र ट्रिपल क्यामरा डिजाइनलगायतका फीचरहरु हुन्छन् ।

आइप्याडतर्फ भने कुओकाअनुसार एप्पलले दुई किसिमका नयाँ आइप्याड प्रोहरु ल्याउने छ । जसमा हालको ९.७ इन्चको आइप्याडहरुको स्क्रिन बढाउँदै १०.२ इन्चको हुनेछ । त्यस्तै नयाँ आइप्याड मिनी पनि नयाँ आइप्याडको रुपमा रहेको छ ।

कुओले जारी गरेको इन्भेष्टर नोटमा म्याक लाइनअपको बारेमा पनि उलेख छ, जसमा उनले नयाँ म्याकबुक प्रो ल्याउनेछ जसमा १६ इन्च र १६.५ इन्चको पुरै नयाँ डिजाइनमा ल्याउनेछ । कुओकाअनुसार एप्पल फेरी ३१.६ इन्चको सिक्स के थ्री के मनिटरसहित डिस्प्ले बजारमा आउनेछ । र यी डिस्प्लेहरु मिनी एलईडी जस्तै ब्याकलाइट डिजाइनमा आउनेछ ।

नयाँ आउने म्याकबुक प्रोमा र्याम क्षमता पनि बढ्नेछ । १३ इन्चको म्याकबुक प्रोमा संभवत ३२ जीबी र्याम अप्सन पनि हुनसक्नेछ, हाल यसमा १६ जीबी र्याम र १५ इन्चको म्याकबुक प्रोमा ३२ जीबी सपोर्ट रहेको छ ।

एप्पलले यो वर्ष ल्याउने एप्पल वाचको इसिजी फंगसनलाई थप देशहरुमा पनि बिस्तार गर्नेछ भने नयाँ सेरामिक केसिंग डिजाइन पनि हुनेछ ।

यसका साथमा एप्पलले एयरपोड्स २ मा वायरलेस चार्जिंग सर्पोट हुनेछ भने ब्लूटूथ कनेक्टिभिटी राखिनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य