२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पलका आइफोन बिना ब्याज मासिक किस्तामा पाईने, मासिक कति तिर्नुपर्छ ?

११ फाल्गुन २०७५, शनिबार ०८:०८

फागुन ११, काठमाडौं | एप्पलले चिनियाँ आइफोन खरिदकर्ताहरुलाई बिना ब्याज फाइनान्समा आइफोनहरु उपलब्ध गराउने भएको छ । कम्पनीले चिनियाँ बजारमा आफ्नो उपस्थिती बढाउनका लागि ब्याज नलिनेगरि फाइनान्समा नै आइफोनहरु किन्न सकिने योजना सार्वजनिक गरेको हो ।

कम्पनीले चीनको पेमेन्ट जायन्ट कम्पनी एन्ट फाइनान्सियल सर्भिसेज ग्रुपसहित विभिन्न स्थानिय बैंकहरुसँग इन्ट्र्रेष्ट फ्री फाइनान्सिंगको लागि सहकार्य गरेको छ । यस्तो किसिमको सहकार्य कम्पनीले चीनमा पहिलो पटक गरेको हो ।

चीनको आफ्नो आधिकारिक वेबसाइटमा एप्पलले नयाँ स्कीमको प्रबद्र्धन गरिरहेको छ, जहाँ ग्राहकहरुले केबल २७१ यूआन प्रत्येक महिना भुक्तानी गरेर आइफोन एक्सआर किन्न सक्नेछन भने ३६२ यूआन मासिकरुमा तिरेर आइफोन एक्सएस किन्न सक्नेछन् । त्यस्तै पुराना आइफोन मोडलहरु पनि सस्तो इन्स्टलमेन्टमा नै ग्राहकहरुले किन्न सक्नेछन् ।

यदि ग्राहकहरुले न्यूनतम ४,००० यूआन भन्दा बढि मूल्यको एप्पलका उत्पादनहरु खरिद गरेमा कम्पनीले बिना ब्याजको फाइनान्सको सुविधा दिनेछ, जून तीन महिना, ६ महिना, १२ र २४ महिनाको मासिक किस्तामा तिर्न सकिनेछ ।

एप्पलले चीनमा ह्वाबेई नामक एन्ट फाइनान्सियलको कन्ज्यूमर क्रेडिट सर्भिसमार्फत सो अफर गरिरहेको छ, जून ईकमर्श साइट अलिबाबासँग भुक्तानीका लागि जोडिएको छ । चीनका चार प्रमुख बैंकहरुले एप्पलका उत्पादनहरु इन्स्टलमेन्टमा उपलब्ध गराउनेछ जसमा न्यूनतम ३०० को खरिद गर्नुपर्ने हुन्छ । एजेन्सीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य