२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीभोको Vivo V15 Pro नेपालमा लन्च हुँदै, कति पर्छ मूल्य ? हेर्नुहोस्

१४ फाल्गुन २०७५, मंगलवार ०७:०४

फ़ागुन १४, काठमाडौं । भीभोले विश्व बजारमा हालै मात्र सार्वजनिक गरेको भीभो भी१५ प्रो (Vivo V15 Pro) नेपाली बजारमा पनि सार्वजनिक गर्ने भएको छ ।

नेपाली बजारमा भीभोले यहि मार्च ७ तारिखमा भीभो भी १५ प्रो स्मार्टफोन ल्याउने भएको हो । हालै भारतबाट विश्वभर सार्वजनिक गरिएको उक्त फोन नेपाली बजारमा ल्याउने मिती निश्चित भएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।

कम्पनीले भीभो भी १५ प्रोलाई ५० हजार रुपैयाँको हाराहारीमा राख्ने प्रयास गरिरहेको छ भने त्यसबारेमा छलफल हुँदै गरेको बताईएको छ ।

भारतमा यो फोनको मूल्य २८,९९० भारु तोकिएको छ; अर्थात करिब ४६ हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा भने भारतको बजार मूल्य भन्दा केहि बढि मूल्य तोकेर ल्याउनेछ ।

यो स्मार्टफोनले आउँदै गरेको ओपोको एफ ११ प्रोसँग प्रतिस्पर्धा गर्ने देखिएको हुँदा पनि बजार मूल्य सोहिअनुसार राख्न सक्ने अनुमान गर्न सकिन्छ । ओपोले पनि भीभो भी१५ प्रोको नक्कल गर्दै मार्चको पहिलो साता विश्व बजारमा पप अप सेल्फी क्यामरा (Pop-Up selfie Camera) भएको नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ, जून नेपाली बजारमा पनि आउनेछ ।

यसैबिच भीभोले भीभो भी १५ नामक नयाँ स्मार्टफोन मोडल सार्वजनिक गर्ने भएको छ । भीभो भी १५ प्रोभन्दा केहि कम विशेषताहरुसहितको नयाँ फोन ल्याउन लागेको हो ।

कम्पनीले भीभो भी १५ प्रो किन्न नसक्ने तर सोहि फिचर भएको फोन चाहने ग्राहकहरुका लागि भनेर केहि सस्तो मोडल ल्याउन लागेको हो ।

भीभो भी १५ मा पनि भी१५ प्रो भन्दा फरक ६.३९ इन्चको एलसिडी डिस्प्ले हुनेछ भने मिडियाटेक हेलियो पी७० चीपसेट, ४जीबी र्याम र ६४ जीबी स्टोरेज हुनेछ ।

त्यसैगरि यसमा पावरब्याकअपका लागि ३,७०० एमएएचको ब्याट्री हुनेछ जसमा फास्ट चार्जिंग सपोर्ट हुनेछ ।

त्यस्तै यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने ४८ मेगापिक्सेलको मूख्य क्यामराको साटो २४ मेगापिक्सेलको क्यामरा हुने अनुमान छ । यो फोन कहिले सार्वजनिक हुन्छ भन्ने स्पष्ट अवधि भने अझै खुल्न सकेको छैन तर यसको बजार मूल्य करिब ३१० अमेरिकी डलरभन्दा माथि हुनसक्नेछ ।

भीभोले नेपाली बजारमा पनि भीभो भी १५ स्मार्टफोन ल्याउनेछ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य