२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरजी र फाइभजी संजालमा सुरक्षा जोखिम, ह्याकरले फोनकल ह्याक गर्न सक्ने !

२० फाल्गुन २०७५, सोमबार ०८:१८

काठमाडौं । तपाईँ हामीले प्रयोग गर्दै आएको फोरजी प्रविधिमा गंभिर सुरक्षा दोषहरु भेटिएको छ । हालै एउटा एकेडेमिक समूहले गरेको अनुसन्धान अनुसार हामीले प्रयोग गर्दै आएको फोरजी सेवा प्रणाली तथा आगामी दिनमा आउने फाइभजी सेवा प्रणालीमा नयाँ सुरक्षा दोषहरु रहेको पत्ता लगाएको हो ।

यी सुरक्षा दोषहरुको माध्यमबाट ह्याकरहरुले तपाईँ हामीले प्रयोग गर्दै आएको मोबाइल फोनको कल रोक्नसक्ने, फोनलाई ट्रयाक गर्न सक्ने र मोबाइल फोनको लोकेसन समेत पत्ता लगाउन सक्ने देखिएको छ ।

हालै सार्वजनिक रिपोर्टअनुसार सो जोखिमहरु पहिलो पटक फोरजी (4G) र फाइभजी (5G) स्ट्याण्डर्ड दुबैमा भेटिएको हो ।

अनुसन्धानकर्ताहरुको समूहले पहिलो प्रकारकोलाई टोरपेडो(Torpedo), दोस्रो प्रकारको सुरक्षा जोखिमलाई पियर्सर (Piercer)नाम दिईएको छ ।

पहिलो किसिमको आक्रमण टोरपेडोअनुसार लक्षित मोबाइल फोन प्रयोगकर्ताको आउने फोन कलहरु र एसएमएस संदेशहरुलाई रोक्न वा आवश्यकताअनुसार बिचबाटै पठाउन सकिन्छ । छोटो समयभित्रै लक्षित मोबाइल फोनहरुमा एकैपटक कयौं फोन कल गर्न र क्यान्सिल गर्न सकिन्छ भने प्रयोगकर्ताको जानकारी बिनानै एसएमएस हेर्न सकिन्छ । यस्तो प्रकृयाबाट उनीहरुको लोकेशन ट्रयाक गर्न सकिन्छ ।

त्यसैगरि पेजिंग मेसेजको माध्यमबाट आक्रमणकारीले अलर्ट मेसेज रोक्न वा अन्य मेसेज आउन रोक्न सक्ने संभावना देखिएको छ ।

टोरपेडोको माध्यमबाट पहुँच पाउँदै गरिने अर्को आक्रमणलाई पियर्सर भनिएको छ। जसमा फोरजी वा फाइभजी नेटवर्कलाई लक्षित गरेर ह्याकरले इन्टरनेशनल मोबाइल सब्सक्राईबर आइडेन्टिटी (International mobile subscriber identity (IMSI) मा निकै हिंस्रक आक्रमण गरेर पहुँच लिन सक्दछ ।

यस्तो किसिमको कमजोरीमार्फत कानून कार्यान्वयन गर्नेहरुले आक्रमण गर्ने वा व्यक्तिगत जानकारीहरु लिन सक्ने संभावना हुने बताईएको छ ।

हालसम्म यस्तो किसिमको सुरक्षा जोखिमबाट कसैलाई असर नपरेको भएपनि आगामी दिनमा गलत हातमा यी जोखिम पुगेकामा निकै गंभिर हुनसक्ने अध्ययनमा बताईएको छ ।

यी सुरक्षा कमजोरीहरुलाई जीएसएमएलाई जानकारी गराईसकिएको बताईएको छ। 

फोरजी र फाइभजी सिस्टममा भएको सुरक्षा जोखिमबाट यूरोप र एशियाका कयौं देशहरु तथा अपरेटरहरु पनि प्रभावित रहेको बताईएको छ । सोहि जोखिमलाई मूल्यांकन गरेर अनुसन्धानकर्ताहरुले सो त्रुटी प्रमाणित गर्न आवश्यक हुने कन्सेप्ट कोड सार्वजनिक गरेका छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली